लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा तातो हावा र ’लु’ चल्ने, आजको तापक्रम ४२ डिग्रीसम्म पुग्ने

tillotmacitynews - 2023 Jun 07 09:52 AM
IMG

तिलोत्तमा सिटी । जेठ २४ गते । तराई मधेसमा अझै केही दिन तातो हावा र ’लु’ चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घर बाहिर निस्कनसमेत मुस्किल पर्न थालेको छ । सिमरा र जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । अन्य धेरैजसो जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । जनकपुर, विराटनगर र धरानको न्यूनतम तापक्रम नै  २७ डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ । यस्तै, नेपालगञ्ज, भैरहवा र दाङको घोराहीको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियसको हाराहारीमा छ भने दिउसो बढेर रुपन्देहीको तापक्रम आज ४२ डिग्रीको हाराहारीमा पुग्ने मौसमविदहरुले आकलन गरेका छन् । 



अधिकतमसँगै न्यूनतम तापक्रम पनि बढेकाले तराई मधेसका जिल्लामा हपहप गर्मी छ । तराई मधेसमा अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मीबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् । मौसमविद् रोजन लामिछानेले एक दुई दिन अझै तातो हावा चल्ने अनुमान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी जिल्लामा भने आज पनि बेलुकी पख हल्का पानी पर्ने सम्भावना छ । पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । 


कमेन्ट गर्नुहोस्