लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

९ जिल्लामा दादुरा-रुबेला खोप अभियान

IMG

तिलोत्तमा सिटी / जेठ २४ ।  सरकारले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनादेखि १५ वर्ष उमेरमुनिका बालबालिकालाई दादुरा-रुबेला खोप  दिइने भएकाे हाे । देशमा विभिन्न जिल्लाहरुमा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जोखिममा रहेका ९ वटा जिल्लामा खोप दिन लागेकाे हाे ।


सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा खोप अभियान सञ्चालन गरिनेछ ।परिवार कल्याण महाशाखा खोप शाखाले सूचना जारी गर्दै नजिकैकाे स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।


दादुरा रोगमा छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ । पहिला जति पटक दादुरा रुबेला खोप लगाएको भए पनि यस अभियानमा अनिवार्य एक मात्रा खोप लगाउन र अकालमै मृत्यु हुनबाट जोगिन महाशाखाकाे अनुराेध छ ।



कमेन्ट गर्नुहोस्