लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ह्वाट्सएपमा मेसेज एडिट: यस्तो छ तरिका

tillotmacitynews - 2023 May 24 10:52 AM
IMG

इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले कसैलाई पठाइसकेका टेक्स्ट मेसेजलाई समेत एडिट गर्न सकिने फिचर सुरुवात गरेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले मेसेज पठाइसकेपछि पनि त्यसलाई सम्पादन गर्न पाउँछन् । तथापि यसका मेसेज पठाएको १५ मिनेट भित्रैमा एडिट गरिसक्नुपर्नेछ ।स्मरण रहोस् यो फिचरलाई केही समयअघि ह्वाट्सएपले बेटा टेस्टिंगका लागि वेब भर्जनमा जारी गरेकोमा अहिले कम्पनीले यसलाई आधिकारिक रुपमा लञ्च गरेको हो ।ह्वाट्सएपले एक ब्लग पोष्टमा भनेको छ- जब तपाईंले टेक्स्ट मेसेज प्रेषित गर्दा कुनै गल्ती लेख्नुभएको छ वा तत्कालै तपाईंको मन बदलियो भने तपाईंले पठाइसकेको मेसेज पनि सच्चाउन वा सम्पादन गर्न सक्नुहुन्छ ।


तर प्रयोगकर्ताले टेक्स्ट मेसेज पठाएको सुरुको १५ मिनेटभित्रै यो काम गर्नुपर्नेछ । यसरी एडिट गरिसकेपछि सो सम्पादित मेसेजसँगै edited लेखिएको पनि देखिनेछ । अर्थात् मेसेज प्रापकलाई सो मेसेज सम्पादन गरिएको हो भन्ने जानकारी हुनेछ । तर उसले सम्पादन गर्नु अगाडिको ओरिजिनल मेसेज भने देख्न पाउनेछैन ।प्रेषित गरिएका मेसेजलाई एडिट गर्ने सुविधाले गर्दा नयाँ मेसेज पूरै लेख्नुपर्ने बाध्यता हुनेछैन र समयको बचत हुनेछ ।वास्तवमा ह्वाट्सएपको यो फिचर एप्पल जस्तै हो । एप्पलको आईओएस १६ मा टेक्स्ट मेसेज एडिट गर्ने फिचर रहेको छ । मेसेज एडिट गर्नका लागि एप्पल प्रयोगकर्तासँग १५ मिनेटको समय हुन्छ ।


आइफोन प्रयोगकर्ताले एउटा मेसेजलाई बढीमा पाँच पटकसम्म एडिट गर्न सक्दछन् । तथापि ह्वाट्सएपमा भने प्रेषित मेसेज अधिकतम कतिसम्म सम्म मात्र संशोधन गर्न सकिने भन्ने कुनै सीमा राखिएको छैन ।मेसेज एडिट गर्नका लागि प्रयोगकर्ताले सुरुमा आफुले प्रेषित गरेको सम्बन्धित मेसेजमा ट्याप गर्नुपर्दछ । त्यसपछि एउटा पप अप अप्सन देखिनेछ, जसमा मेसेज एडिट गर्ने अप्सन पनि हुन्छ । सो अप्सनमा गएर तपाईंले ह्वाट्सएप मेसेज संशोधन गर्न सक्नुहुन्छ ।ह्वाट्सएपको यो नयाँ फिचरले पर्सनल च्याट र ग्रुप च्याट दुबैमा काम गर्दछ । साथै मेसेज पठाएको १५ मिनेटपछि भने प्रयोगकर्ताले त्यो मेसेज एडिट गर्न सक्नेछैनन् ।

कमेन्ट गर्नुहोस्