लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

७ महिनाअघि धौलागिरी आधार शिविरमा बेपत्ता भएकाको शव फेला

tillotmacitynews - 2023 May 13 12:24 PM
IMG
     तिलोत्तमा सिटी / वैशाख ३० । झन्डै ५ हजार मिटर उचाइको फ्रेन्च पास बेसक्याम्पमा फेरि अर्को शव फेला परेको छ। गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएकाको शव शनिबार बिहान फेला परेको हो।


फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा-१ बस्ने २७ वर्षीय देव लामाको रहेको शव उद्दारमा प्रत्यक्ष खटिएका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले जानकारी दिए। उनी ७ महिनाअघि फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनी मार्फत विदेश पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका थिए। प्रतिकुल मौसमका कारण उनी बेपत्ता भएका पर्यटनकर्मी शेरचनले बताए।



धौलागिरी आधार शिविरको फ्रेन्च पास क्षेत्रमा नेपाली सेनाको हेलीमार्फत शुक्रबार शवको खोजी अघि बढाइएको थियो। खोजी कार्यमा संलग्न नेपाली सेनाको टोलीले विशेष उपकरणको सहायताले बेपत्ता शव पत्ता लगाइएको थियो।



शव रहेको स्थान पत्ता लागेपछि सेनाको हेलीमा जोमसोमबाट २ जना नेपाली सेना, मृतकको आफन्त पर्ने काका सुनिल तामाङ र पर्यटन व्यवसायी एवं समाजसेवी ईन्द्रसिंह शेरचन शव लिन फ्रेन्च पास पुगेका थिए। पर्यटनकर्मी एवं समाजसेवी शेरचन मृतकको आफन्तको अनुरोधमा शव खोज्न फ्रेन्च पास पुगेका उनले बताए।



फ्रेन्च पासमा ५ फिट मुनि हिउँ भित्र गाडिएको अवस्थामा रहेको शव बाहिर निकालिएको शेरचनले बताए। अहिले शवलाई नेपाली सेनाको हेलीले पोखरा हुँदै काठमाडौंस्थित टिचिङ अस्पतालमा लगेको शेरचनले जानकारी दिए। यसअघि गत बैशाख १२ गते पनि एक जना पर्यटक भरियाको शव फेला परेको थियो। 

कमेन्ट गर्नुहोस्