लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-३ मा महिलाको पाठेघरको नि:शुल्क स्क्रीनिङ (VIA) जाँच

IMG

तिलोत्तमा, वैशाख २७ गते । आधारभुत स्वास्थ्य केन्द्र तिलोत्तमा-३ मा महिलाको पाठेघरको स्क्रीनिङ (VIA) जाँच तथा स्त्री रोग विशेषज्ञ निशुल्क शिविर सम्पन्न भएको छ।शिविरमा जम्मा ९० जना महिलाहरुले सेवा लिएका छन जस मध्य ३ जनामा VIA (क्यान्सर रोगको जाँच) पोजीटिभ देखिएको छ भने ५० जना बढिमा सर्भाइकल पोलिप, पाठेघरमा सन्क्रमण लगाएतका समस्याहरुको उपचार गरिएको आधारभूत स्वास्थ्य सस्था प्रमुख थानेश्वर बस्यालले  जानकारी दिनुभएको छ। 

तिलोत्तमा वडा नम्बर-३ का अध्यक्ष कल्याण पौडेलको अध्यक्षता तथा नगरपालिकाकी नगर उपप्रमुख जगेश्वर देवी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले महिलाको स्वास्थ्यका लागि आफै चनाखो हुनुपर्ने र बेलैमा रोगको परिक्षण गराउनुपर्नेमा जोड दिनुभयो। उहाँले रोग लाग्न भन्दा लाग्नै नदिन सबै महिला तथा आम नगरबासी सचेत हुनुपर्ने भन्दै नियमित चेक जांच र परामर्शले रोग भगाउन मद्धत पुग्ने समेत बताउनुभयो। सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले वडा मार्फत स्थानिय महिलाहरुको स्वास्थ्यका बिषयमा चनाखो भै निशुल्क शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता शिविरले वडा तथा नगर बासीहरुको स्वास्थ्य अवस्था थाहा पाइने हुनाले आगामी दिनमा यसलाई अझै बृहत बनेर लैजाने समेत बताउनुभयो। 

शिविर तिलोत्तमा नगरपालिकाको आयोजना तथा नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा सन्चालन गरिएको थियो ।शिविरमा देवदह मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा. आरती श्रेष्ठ र तिलोत्तमा नगरपालिकामा कार्यरत मे. अ. डा. सुस्मिता भण्डारीले महिलाहरुको जाँच गर्नुभएको थियो । सो कार्यक्रमको सन्चालन तिलोत्तमा नगरपालिका नर्सिङ फोकल पर्सन अधिकृत लक्ष्मी आचार्यले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्