लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका भित्रका महिलालाई पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क परिक्षण

IMG

तिलोत्तमा, वैशाख २६ गते । पाठेघरमा हुन सक्ने संक्रमण तथा पाठेघर खस्केकाहरुको प्रारम्भिक अवस्थामै त्यसको व्यवस्थापन गर्ने गरि तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नि:शुल्क शिविर संचालन गरिएको छ। नेपाल परिवार नियोजन संघ को प्राबिधिक सहयोगमा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर सहितको सेवामा सो शिविर गरिएको स्वास्थ्य शाखाकी अधिकृत लक्ष्मी आचार्यले जानकारी दिनुभयो। शिविरमा तिलोत्तमा वडा नम्बर ११ का १ सय १५ जना महिलाहरु VIA जांचबाट लाभान्वित भएका छन्।


पाठेघरको क्यान्सर तथा पाठेघर खस्ने समस्याले महिलामा ठुलो समस्या पारेको तथ्याङ्कलाई मध्यनजर गर्दै सो शिविर गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकृत ध्रुवराज घिमिरेको भनाई छ।  महिलाको स्वास्थ्यका बिषयमा नगरपालिका सधै चनाखो भएको भन्दै महिलाको हरेक स्वास्थ्यका बिषयमा विभिन्न शिविर गरिदै आएको उहाँको भनाई छ । सो शिविरमा वडा नम्बर-११ को सहरी स्वास्थ्य केन्द्र मद्रहानीमा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. आरती श्रेष्ठ र डा. सुस्मिता भण्डारी सहितको टिम द्वारा ११५ जना महिलाहरुको सो सम्बन्धी चेक जांच गरिएको थियो। 

कमेन्ट गर्नुहोस्