लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सांसद डा. तोसिमा कार्कीको प्रश्न- 'देश निर्माणको छलफल गर्ने ठाउँ हो कि भ्रष्टाचारी जोगाउने प्रहसनस्थल ?'

tillotmacitynews - 2023 May 09 01:19 PM
IMG
तिलोत्तमा सिटी / वैशाख २६  काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका ठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै अनुसन्धान र कारबाही अगाडि बढाउनुपर्ने बताएकी छन् । सांसद कार्कीले भनिन्, ‘मेरो प्रश्न छ–यो सदन देश निर्माणका लागि छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसनस्थल हो ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरु संलग्न भएको कुरा बाहिर आइरहेको छ ।

प्रहरीद्वारा पक्राउ पूर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ । एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने ? अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई नै दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने ? सांसद कार्कीले संसद भ्रष्टाचारीहरुलाई जोगाउने प्रहसन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाएकी थिइन् ।

उनले सबै सांसदहरुको सम्पत्ति संसद्‍ सचिवालयको वेबसाईटमा तत्कालै सार्वजनिक गरी उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि माग गरेकी छन् । 'सबै सांसदहरुको सम्पत्ति वेबसाईटमार्फत् सार्वजनिक गरियोस् । करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस्,’ सांसद कार्कीले भनिन् ।


कमेन्ट गर्नुहोस्