
तिलोत्तमा, वैशाख २३ गते । इडिभी लट्रीको नतिजा सार्वजनिक भएको छ । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२४ को नतिजा सार्वजनिक गरेको हाे ।शनिवार राती नतिजा प्रकाशित भएको हो । डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डिभी प्रोग्राम डट स्टेट डट जिओभी लग इन गरेर हेर्न सकिन्छ ।डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।
कमेन्ट गर्नुहोस्