
एकपछि अर्को राम्रो गीतमा काम गर्नुभएका निक्स पछिल्लो समयमा मोडलिङ क्षेत्रका लोकप्रिय नाम बनेको छ । करिब ३०० गीतमा अभिनय गर्नुभएका मोडल निक्सलाई पछिल्लो समय सार्वजनिक हुने प्रायः लोक फेबरका गीतमा देख्न सकिन्छ , उहाँको अभिनयमा रहेको गीतमा ‘पानपते ठूली’, ‘लाहुर जाने रेलैमा’, ‘न लाउँ की भन्थेँ ज्यान जाने माया’, ‘सोल्टी बजारमा’, ‘ तिमी नै त सम्पति हौ मेरो’ र पछिल्लो समय सार्वजनिक भएको ‘सकम्बरी’ उहाँका केही हिट गीत हुन् । यस्तै चलचित्र ‘लोग्ने मान्छे’, ‘यो कथा तिम्रो मेरो’, ‘प्रेम गीत २’ लगायतका चलचित्र र केही टेलि सिरियलमा समेत उहाँको अभिनय देख्न सकिन्छ । उहाँ अभिनित चलचित्र ‘फेरि फेरि’ प्रदर्शनको तयारीमा छ ।
कमेन्ट गर्नुहोस्