लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति सिर्जना गर्नुपर्छ : राष्ट्रपति पौडेल

tillotmacitynews - 2023 May 01 01:35 PM
IMG

तिलोत्तमा, वैशाख १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादित श्रमको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।श्रमिक दिवसको शुभकामना दिंदै उनले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।राष्ट्रपति पौडेलले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन दिवसले प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।


श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको उल्लेख गर्दै उनले यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गेका छन् ।

कमेन्ट गर्नुहोस्