
तिलोत्तमा, बैषाख १७ गते । देवदह नगरपालिकाले प्रज्ञा प्रतिस्ठानको कार्यविधि वनाएर साहित्यको क्षेत्रलाइ अगाडि वढाउन लागिपरेको देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले वताउनु भएको छ । अनुराग साहित्य समाज नेपालले आयोजना गरेको रमेश स्मृती सम्मान तथा रचना वाचन कार्यक्रममा वोल्दै प्रमुख अतिथि समेत रहनु भएका खरेलले साहित्यिक संस्था जग्गाको व्यवस्थापन गरे संस्थाको भवन निर्माण गर्न नगरपालिकाले वजेट विनियोजन गरि सहयोग गर्ने वताउनु भयो। उहाले देवदहलाइ साहित्यिक नगरिको रुपमा अगाडी वढाउन यस्ता खाले कार्यक्रमले सहयोग पुग्ने र त्यसमा नगरपालिकाको साथ रहने वताउनु भयो ।
गजलकार रमेश हरिलट्ठकको स्मृतिमा रमेश स्मृति कोशवाट हरेक वर्ष प्रदान गरिने रमेश स्मृति सम्मानवाट वर्ष २०७६ को लागि प्राज्ञ वुद राना वर्ष २०७७ को लागि गजल शिरोमणि डा. घनश्याम न्यौपाने "परिश्रमी" र वर्ष २०७८ को लागि साहित्यकार जित वहादुर केसि(जेवि क्षेत्री) लाई सम्मान गरिएको थियो । हरेक वर्ष गर्नुपर्ने सम्मान विश्वभरी महामारिको रुपमा फैलिएको कोभिड १९ को कारण हुन नसकेकोले तीन वर्षको सम्मान एकैपटक गरिएको हो ।यसैविच नवोदित साहित्यिक वाचनालय कतारले प्रदान गर्ने नवोदित कृति अवार्ड २०७६ साहित्यकार लेखक मिनराज वसन्तलाइ प्रदान गरिएको छ ।
सो अवसरमा अनुराग साहित्य समाजका संस्थापक अध्यक्ष निर्मल ढुङ्गानालाइ संस्थालाइ स्थापना गरेर यो उचाइमा पुर्याएकोमा सम्मान गरिएको थियो ।यसैगरी समाजकी सदस्य जानुका लम्सालले शिक्षक सेवा आयोगको परिक्षा उत्तीर्ण गरि स्थायी शिक्षकमा सिफारिस हुनु भएकोमा सम्मान गरिएको थियो भने नवोदित साहित्यिक वाचनालय कतारका नेपाल प्रतिनिधि राम प्रसाद न्यौपानेले नवोदित कृति अवार्डवाट सम्मानित साहित्यकार मिनराज वसन्तलाइ कतारवाट नै पठाइएको मायाको चिनो प्रदान गर्नु भएको थियो । गजलकार रमेश हरिलट्ठकको निधन भए पछि गजलकार दिप मिलनको सक्रियतामा रमेश स्मृती कोश को स्थापना भएको हो । यस सम्मानवाट यसअघि गजलकार शेखर अस्तित्व सम्मानित हुनु भएको थियो ।
कार्यक्रममा संस्थाको आजिवन सदस्यता लिनु भएका समिन गैरे, कृष्ण प्रसाद अर्याल, नारायण भण्डारी, विमला अर्याल, वालकृस्ण भन्डारीलाई आजिवन सदस्यता प्रमाणपत्र संस्थाका आजिवन सदस्य तथा पुर्व सल्लाहकार संयोजक जय किशन अधिकारिलाइ र अपाङ्ग सेवा समाज हल शितलनगरका अध्यक्ष वालकुमार श्रेष्ठलाई आभार पत्र साथै कार्यसमिती सदस्य गोमा वस्याललाइ सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा लुम्विनी विकास कोसका कोसाध्यक्ष्य सिद्दिचरण भट्टराई, कवि यज्ञ प्रसाद न्यौपाने, संस्थापक अध्यक्ष निर्मल ढुङ्गाना, युगिन साहित्य समाजका अध्यक्ष सुशील सापकोटाले आ आफ्नो भनाइ राख्नु भएको थियो भने रमेश हरिलट्ठकका भाइ राजिव सापकोटाले रमेश हरिलट्ठकको जिवनी वारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा समिन गैरे, जीवन तिवारी, अभि तिवारी, विस्णु विवश पोखरेल, जय किशन अधिकारी, तेजु अर्याल, निर्मल मगर, गणेश न्यौपाने लगायतले आ आफ्ना रचना वाचन गर्नु भएको थियो भने साहित्यकार मिनराज वसन्तले ताजमहलका वारेमा आफ्ना अनुभुतिहरु प्रस्तुत गर्नु भएको थियो ।संस्थाका अध्यक्ष यमलाल अर्याल "राजु" को अध्यक्षता, प्रथम उपाध्यक्ष सरस्वती वस्यालको स्वागतमा भएको कार्यक्रमको सन्चालन संस्थाका सचिव शिव प्रसाद काफ्लेले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्