लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी भोलि स्वदेश फर्कने

IMG

तिलोत्तमा सिटी १६ बैशाख २०८०। भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी भोलि स्वदेश फर्कनुहुने भएको छ । गएको फागुन ३ गते राति आफ्नै निवास काठमाण्डौको बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उहाँ भारतमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लाग्नुभएको हो । भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार भैरहेको छ । उहाँ उपचारपछि भोलि बेलुका काठमाण्डौ आइपुग्ने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिनुभयो । भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उहाँ बोल्न र हिँड्न थाल्नुभएको छ । आगलागीमा परि सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्