लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यू सृजना युवा क्लब करौजियाले गर्यो नि:शुल्क स्वास्थ्य शिविर

IMG

तिलोत्तमा सिटी १४ बैशाख २०८०।  तिलोत्तमाको वडा नम्बर १३ स्थित करौजियामा स्वास्थ्य जिबनका लागि नि:शुल्क स्वास्थ्य शिविर चेक जाँच तथा उपचार कार्यक्रम सम्पन्न गरेको छ। न्यू सृजना युवा क्लब ति.न.पा.-१३ करौजियाको आयोजना एवं सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा को सहकार्य तथा करौजिया टोल बिकास संस्था र,मायादेवी आमा समूह र बौद्ध गुम्बा समितिको बिशेष सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर मधुमेह ,मृगौला तथा रक्तचाप  सिद्धार्थनगर सिटि हस्पिटलका डाक्टर विशेषज्ञ द्वारा सो शिविर गरिएको अध्यक्ष सोवित् थापा दर्लामीले हामीलाई जानकारी दिए। स्थानिय १५४ जनालाई चेकजाँच कार्यक्रम मार्फत उपचार तथा परामर्श र आवश्यक बिरामीलाई औषधी समेत दिइएको अध्यक्ष दर्लामीले बताए। 


क्लबका अध्यक्ष दर्लामीको अध्यक्षता तथा करौजिया टोल बिकास संस्थाका अध्यक्ष छबिराम सोमैको प्रमुख आतिथ्यतामा सम्पन्न सो शिविरबाट  २५ जना लाई मधुमेह, रक्तचाप तथा मृगौलाको बिरामी भएको रिपोर्ट  आएको र उहाहरुलाई सिद्धार्थनगर सिटी हस्पिटलले आवश्यक सहजीकरण गर्ने र उक्त बिरामीहरुलाई हस्पिटलसम्म आवत जावत गर्न यातायातको ब्यवस्था समेत हस्पिटलले नै गरिदिने भएको छ । शिविरमा आवश्यक सहयोग गरेबापत प्रमुख अतिथि छबिराम सोमैले सिद्धार्थनगर सिटी हस्पिटलका प्रतिनिधि अपरेसन म्यानेजर बिनोद चालिसेलाई धन्यबाद सहित मायाको चिनो हस्तान्तरण गरेका थिए। त्यसो त शिविर संचालनमा ठुलो सहयोग गरेको भन्दै हस्पिटल प्रतिनिधि सबैलाइ धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा क्लबले अझै समाजिक तथा रचनात्मक कार्य गर्ने जानकारी गराउदै क्लबका अध्यक्ष सोबित थापा दर्लामीले समापन गरेका थिए। 


 

कमेन्ट गर्नुहोस्