लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाकाे अध्यक्षमा पुन: गोबिन्द भुसाल

IMG

तिलोत्तमा,२०८० बैशाख १०। नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाकाे हिजाे सम्पन्न दाेस्राे साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्षकाे जिम्मेवारीमा पुनः गोविन्द भुसाल निर्वाचित भएका छन्। अघिल्लो कार्यकाल समेत निकै सफल बनाएका भुसाललाई निर्वाचन मण्डल संयाेजक टेकबहादुर थापा, सदस्यद्वय दिवाकर ढकाल र अर्जुनप्रसाद पाैडेलले निर्वाचितको प्रमाणपत्र तथा अबिर लगाइदिएर बधाई ज्ञापन गरेका थिए । 


सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रगतको क्षेत्रमा प्रशंसनीय कार्य गरको भन्दै नगरपालिकाबाट हुने जुनसुकै सहयोगमा आफूहरू तयार रहेको बताए। उनले रक्तदान जस्तो महादानमा सामाजिक रुपले जनचेतनासंगै जिबनदान गर्ने पुनित कार्य गरेको प्रति खुसी व्यक्त गरे।  याे पुण्य कार्यलाई अवसरकाे रुपमा लिएर निरन्तरता दिन आग्रह गर्दै नगरप्रमुख खाणले नव निर्बाचित कार्यसमितिलाई शुभकामना तथा बधाई समेत दिएका थिए। 


भुसालको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खाणसंगै विशिष्ट अतिथिहरुमा वडा नम्बर २ का अध्यक्ष डिल बहादुर भट्टराई, १ नम्बर वडाका फर्सुराम गिरी, वडा नम्बर ७ का अध्यक्ष देवीलाल पंगेनी, निबर्तमान वडा अध्यक्ष वडा नम्बर ४ का दिवाकर ढकाल, सस्थाका जिल्ला अध्यक्ष रक्त अभियन्ता कृष्ण चाैहान क्षेत्री, बनबाटिकाका अध्यक्ष बेल प्रसाद शर्मा, वडा नं ११ काे वडाध्यक्ष विष्णु बराल क्षेत्री,जागृति युवा क्लबका अध्यक्ष विदुर के सी, रक्तदान अभियन्ता उमेश श्रेष्ठ,जागृती सहकारीका अध्यक्ष लोकनाथ पाण्डे, व्लड बैंक बुटवलका सदस्य सचिव राधा शर्मा ज्ञवाली,नव जीवन साकाेसका अध्यक्ष नारायण पाठक, जागृति युवा क्लबका अध्यक्ष विदुर के सी, युवा अभियन्ता तथा रक्तदान अभियन्ता उमेश श्रेष्ठलगायत जिल्लाका सस्थागत पदाधिकारीहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले बोल्दै सस्थाको प्रगतिको कामना गरेका थिए। 


पहिलो कार्यकाल सम्पन्न गरेको तिलाेत्तमा शाखाले स्थापनाकाे २४ महिनामा २४ ओैँ रक्तदान कार्यक्रमकाे श्रृङ्खला सम्पन्न गरिसकेको छ । गत वर्ष जिल्ला भर ४१५ संस्थाले रक्तदान कार्यक्रम आयाेजना गरेका थिए जसमा तिलाेत्तमा शाखाले ९४३ पिन्ट रगत संकलन गरि समग्र जिल्लामै उत्कृष्ट तेस्रो स्थान हासिल गरेको थियाे । सो अधिबेशनमा बोल्दै नव निर्वाचित अध्य्क्ष भुसालले हालसम्म १०१ जना आजीवन सदस्य बनिसकेको र संस्थालाई थप मजबुत बनाउँदै युवालाई रक्तदान जस्तो महान् कार्यमा प्रेरित गर्दै अघि बढ्ने याेजना रहेकाे बताए । सो कार्यमा सहयोग गर्ने सबैलाई धन्यबाद दिंदै भुसालले सामाजिक कार्यमा एक्लै सफलता नमिल्ने हुनाले एकजुट भएर यो अभियानमा जुट्न सबै प्रति आग्रह गरेका थिए । 


सस्थाको आगामी २ बर्षे कार्यकालको लागि पुन: गोविन्द भुसालको अध्यक्षतामा सर्बसम्मतले नयाँ कार्यसमिती चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र सुवेदी, उपाध्यक्ष अन्जु पाैडेल, महासचिव सागर पाठक, सचिव गंगाराम अधिकारी, काेषाध्यक्ष निर्मल उपाध्याय, सह काेषाध्यक्ष भेषराज आचार्य, सदस्य सम्झना न्याैपाने, शंकर गाैतम, राेहिता राई राना, शान्ती कार्की, शिव पाण्डे र शरद पाण्डे रहेका छन्। 



कमेन्ट गर्नुहोस्