लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खोप लगाउन छुटेका बालबालिकाका लागि फेरि खोप अभियान सञ्चालन हुने

IMG

तिलोत्तमा सिटी । बेशाष ९ गते । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि खोप लगाउन  छुटेका बालबालिकालाई नजिकको   स्वास्थ्य  संस्थामा  गइ खोप  लगाउन  मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । घर छिमेकमा  कसैले  खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ । मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ । 


कमेन्ट गर्नुहोस्