लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

त्रिविले एक हप्ता पछि सा¥यो वैशाख १० को परीक्षा

tillotmacitynews - 2023 Apr 21 09:52 AM
IMG

तिलोत्तमा सिटी । बैशाष ८ गते । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको हो । वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा त्रिविले तोकेको थियो । अब यी परीक्षाहरु वैशाख १० गते सन्चालन नगरी वैशाख १६ गते सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्