लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काब्या खड्का को अभिनयमा ‘मेरो श्रृङ्गार’ रिलिज ...

IMG
  • तिलोत्तमा,२०८० बैशाख ६  गते।निर्देशक तथा युवा कलाकार नबिन बिष्टको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेरो श्रृङ्गार बोलको नयाँ म्युजिक भिडियो सुमन ताम्राकार नामक युट्युब च्यानल मार्फत संगित बजारमा आएको हो ।

  • सुनिता कार्की र जीवन विश्वकर्मीको स्वरमा रहेको म्युजिक भिडियोको निर्देशन बिष्टले गरेका हुन । निर्देशक विष्ट पछिल्लो समय कलाकार र दर्शकले निकै रुचाइएका मध्ये एक हुन् । उनी पछिल्लो समय भिडियो निर्देशनमा अब्बल कहलिदैं आएका छन् । निर्देशन गरेका विष्टले नेपाली बजारमा दर्जनौ संगितहरुको निर्देशन गरिसकेका छन् । उनका एकै दिन पछिल्लो दुई म्युजिक भिडियो पनि संगित बजारमा आएका छन् ।


  • संगितकार तथा शब्द रचनाकार सुमन ताम्राकार रहेका छन् भने गीत संमयोजनमा सहस शाक्य रहेका छन् । उक्त म्युजिक भिडियो जीवन विश्वकर्मी र काब्या खड्कालाई मुख्य अभिनयमा देख्न सकिन्छ । जुन गितमा सिनेम्याटोग्राफरमा दिपक गिरी, कोरियोग्राफरमा सन्जिला विश्वकर्मा, उत्पादन दिपक सापकोटा, सम्पादन/रङ अमृत चापागाई, मेकअप आर्टिस्ट सुस्मिता राई र पोस्ट प्रोडक्शनमा जनता डिजिटल रहेको छ ।


विष्टले निर्देशन गरेका भिडियोहरु संगित बजारले उत्कृष्ट स्थान पाएको देखिन्छ 

कमेन्ट गर्नुहोस्