
तिलोत्तमा सिटी । बैशाष ५ गते । नेपाली बालबालिकाले क्यान्सरको औषधी निःशुल्क पाउने भएका छन्। बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधी निःशुल्क रूपमा प्राप्त गर्ने जानकारी दिइन् । ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)ले विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निःशुल्क औषधी प्राप्त गर्नेछ। नेपालमा पाटन अस्पतालबाट भने अन्य क्यान्सरका लागि लाखौँ मूल्य पर्ने औषधी निःशुल्क वितरण भइरहेको छ। बालबालिकालाई लक्षित गरेर पहिलो पटक नेपालले निःशुल्क औषधी प्राप्त गर्न लागेको हो। नेपालमा कान्ति बाल अस्पतालमा मात्र वार्षिक तीन सय जना बालबालिकाको क्यान्सर रोगको उपचार हुने गरेको छ। नेपालभरमा वार्षिक एक हजार ५०० सय बालबालिका विभिन्न क्यान्सर रोगबाट पीडित हुने अनुमान गरिएको छ। नेपालमा क्यान्सर रोगलाई अन्त्य गर्नका लागि तथा क्यान्सरको समयमै रोकथाम र उपचार गर्ने व्यवस्था मिलाउन जीआईसीसीले निःशुल्क अभियान सुरु गरेको हो। यो कार्यक्रमको पहिलो चरणमा जीआईसीसीले नेपालसहित छवटा देशमा ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउनेछ ।
कमेन्ट गर्नुहोस्