लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल लगायतको बायु प्रदुषण : मौसम धुम्म

IMG

तिलोत्तमा सिटी ।  बैशाख ३ गते ।  डढेलोका कारण काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । अहिले काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् । भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सयभन्दा माथि छ । यस्तै, कीर्तिपुर,  रत्नपार्क, मध्यपुर थिमि, हेटाैँडा, धनकुटा र बुटवलको हावा पनि अस्वस्थकर छ । यी क्षेत्रमा हावाको गुणस्तर मापन सूचक एक्यूआई झण्डै दुई सय पुगेको छ । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ ।




५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । वायु प्रदूषण बढ्नुमा मौसमी अवस्थासँगै डढेलो मुख्य कारण रहेको वातावरण विज्ञहरु बताउँछन् । डढेलोका कारण धेरै ठाउँमा तुवाँलो लागेको छ । बिहानैदेखि धेरै ठाउँको मौसम धुम्म भएको छ । आज पहाडी क्षेत्रका एक/दुई ठाउँको मेघगर्जनसहित चट्याङ पर्ने अनुमान रहेको छ । यस्तै, तराईका जिल्लामा दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्  प्रतिभा मानन्धरले जानकारी दिनुभयो । 


कमेन्ट गर्नुहोस्