
तिलोत्तमा,२०७९ चैत्र २४। नेपाली लेखक संघ रूपन्देहीको सातौं अधिवेशन सम्पन्न भएको छ । रूपन्देहीको मणिग्राममा शुक्रबार अधिवेशन भएको हो ।संघका जिल्ला अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांणको प्रमुख आतिथ्यमा भएको कार्यक्रम विभिन्न विधाबाट ५ जनालाई दोसल्ला तथा प्रशंसा पत्रले सम्मान प्रदान गरिएको छ ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि खांणले लेखक बन्न निकै गाह्रो हुने भन्दै पठनको संस्कृति बिकास गर्नपर्ने बताउनुभयो ।उहाले समाज रमाइलोतिर उन्मुख भएको भन्दै उहाले समाज रूपान्तरणका लागि लेखकहरूको अहम भुमिका रहने उल्लेख गर्नुभयो ।कार्यक्रममा बोल्दै नेपाली लेखक संघमा लुम्बिनी प्रदेश संयोजक बनमाली निराकारले लेखन र पठन संस्कृतिको बिकासका लागि संस्था क्रियाशिल भैरहेको बताउनुभयो ।
५ जनालाई दोसल्ला तथा प्रशंसा पत्रले सम्मान :
कार्यक्रममा प्रा.डा. बाबुराम ज्ञवाली,युवराज कडेल,हरि अर्याल,तेजु अर्याल र माधव गौतमलाइ दोसल्ला तथा प्रशंसा पत्रले सम्मान सम्मान गरिएको छ। सो अबसरमा पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल,केन्द्रीय प्रतिनिधि चन्द्रकान्त पराजुली,संघका उपाध्यक्ष लिलाधर पाण्डेय,सचिव कपिल ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन :
आजै सम्पन्न अधिवेशनले लिलाधर पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।संघको उपाध्यक्ष सरस्वती बस्याल,सचिब मधुसुधन पोखरेल,सहसचिव शिवप्रसाद अर्याल ,कोषाध्यक्ष केशवराज घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।त्यस्तै सदस्यमा यमलाल भट्टराई ,उद्धब देबकोटा,भिमलाल भुसाल,गोपिकृष्ण भण्डारी ,रिता पराजुली,सिर्जना पौखरेल त्यस्तेै प्रदेश प्रतिनिधि चन्द्रकान्त पराजुली,कपिल ज्ञवाली,राधा भट्टराई निर्वाचित हुनुभएको छ ।निर्वाचन मण्डलको संयोजकमा बनमाली निराकार,सदस्यमा स्थानेश्वर बस्याल,मोहन भट्टराई ,सरोज न्यौपाने रहनुभएको थियो ।
कमेन्ट गर्नुहोस्