लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रादेशीक अस्पतालको मेसुमा डा. सुदर्शन थापा नियुक्त

tillotmacitynews - 2023 Apr 04 11:56 PM
IMG

तिलोत्तमा,२०७९ चैत्र २१। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर सुदर्शन थापालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।थापा १०औं तहका फिजिसियन डाक्टर हुन् । कोरोना संक्रमणकालको सुरुमा प्रादेशिक अस्पतालमा उनले फोकल पर्सनको रुपमा काम गरेका थिए ।बैठकले जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरुवा गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्