लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध

tillotmacitynews - 2023 Apr 01 10:04 AM
IMG

तिलोत्तमा, चैत १७ । मोफसलमा रूपन्देहीको नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध भएको छ । तिलोत्तमा–१४ स्थित एकेडेमी क्याम्ब्रिज स्कूलले निर्धारण गरेका विभिन्न सूचकहरु पूरा गर्दै काठमाडौं बाहिरको क्याम्ब्रिज स्कूलमा रजिष्टर हुने पहिलो विद्यालय बनेको हो ।विद्यालयका प्राचार्य जिम्मे शेर्पाले कक्षा ७ सम्मका लागि क्याम्ब्रिजमा रजिष्टर भएको बताए । शेर्पाले क्याम्ब्रिजमा जोडिएका विश्वका सबै स्कूलको करिकूलम अनुसार पढाई हुने बताए । 


‘क्याम्ब्रिज स्कूलमा आबद्ध १२० वटा देशका स्कूलमा आफ्नो देशको बाहेक अंग्रेजी, गणित र विज्ञानमा क्याम्ब्रिजको शिक्षण विधि अनुसार पढाई हुन्छ । जसले विश्वमा सबै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाईमा अब्बल बढाउछ ।’ विद्यालयका विद्यार्थीले सातामा कुनै सामाजिक काम गर्नुपर्छ । क्याम्ब्रिज स्कूलमा आबद्ध भएपछि विद्यालयले शुक्रबार अभिभावकहरुको भेला समेत गरेर जानकारी गराएको थियो । 


विद्यालयमा ४०० विद्यार्थी अध्ययनरत छन । ५ वर्ष अगाडि मोफसलमै अन्तराष्ट्रिय स्तरको रुपमा स्थापित एकेडेमीले छोटो समयमै उत्कृष्ट बन्दै गएको छ । विद्यालयले यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा ३१ जना विद्यार्थी सहभागी रहेका राजेन्द्र कुँवरले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्