लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका वडा नम्बर-१३ बिसौरियामा निःशुल्क स्वास्थ्य शिविर

IMG

तिलोत्तमा,२०७९ चैत्र १२। तिलोत्तमा नगरपालिका वडा नम्बर-१३ बिसौरियामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणलेले आर्थिक अभाव तथा जनचेतना अभावका कारण स्वास्थ्य परीक्षण तथा उपचार नगराएका नागरिकहरुले शिविरबाट फाइदा लिनुभएको कुरा व्यक्त गरे । तिलोत्तमा वडा नम्बर-१३ बासीको स्वास्थ्य सेवामा पहुँच बिस्तारका लागि संरचना निर्माण तथा विशेषज्ञ सेवासहितको निशुल्क शिविर गरेको बताउँदै उनले आगामी दिनमा समेत समय-समय मा निःशुल्क शिविर सञ्चालन गरी स्वास्थ्यको पहुँचमा थप वृद्धि गरिने उल्लेख गरे ।


लायन्स क्लब अफ भलवारी, लियो क्लब अफ भलवारीको आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नम्बर-१३ संगै ग्रेस फार्मेसी , लुम्बीनी आइकेयर मणिग्राम, फ्लोरेन्स फार्मेसी भैरहवा,सन्तोषी प्याथोलोजी भलवारी, प्रिस्टिन सकिन एण्ड हेयर क्लिनिकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा तिलोत्तमाका १३ नम्बर वडाबाट ५ सयबढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा हाड जोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग तथा नाक कान घाँटी,जनरल फिजिसियन, आँखा जांच , मधुमेह, लगायत सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराइएको ल्लियो क्लब अफ भलवारीकी सुष्मा बस्यालले जानकारी दिईन।


शिविरमा निःशुल्क ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट तथा औषधी वितरण गरिएको तिलोत्तमा वडा नम्बर-१३ का अध्यक्ष नारायण ढकालले जानकारी दिए ।सो अवसरमा बोल्दै अध्य्क्ष ढकालले मानव जीवनका लागि नभई नहुने स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याउन थप सर्वसुलभ हुन जरुरी रहेको उल्लेख गरे । सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले त्यसका लागि नगरपालिकाले आफ्नो क्षमता र प्राप्त स्रोत साधानको प्रयोग गरी योजना अघि बढाएको उल्लेख गरे । वडा भवन प्रांगणमा भएको सो शिविर शनिबार बिहानबाट शुरु भई बेलुका सकिएको थियो। सो अवसरमा बृहत रक्तदान कार्यक्रम समेत गरिएको थियो। सो कार्यक्रमममा वडाका सबै जनप्रतिनिधि, कर्मचारी, नेपाली कांग्रेस नगर कमिटि अध्यक्ष हरिलाल पाण्डे, स्थानिय क्लब, आमा समूह, लायन्स क्लब तथा लियो क्लबका पदाधिकारी एबम सदस्य तथा संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।    




कमेन्ट गर्नुहोस्