लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौतमबुद्ध माविमा आवधिक निर्माण तथा गुणस्तर वृद्धि कार्यक्रम सम्पन्न

tillotmacitynews - 2023 Mar 23 11:42 PM
IMG

तिलोत्तमा,२०७९ चैत्र ९। रूपन्देहीको तिलोत्तमा ९, केवलानीमा अवस्थित गौतम बुद्घ माविमा मंगलबार १ दिने आवधिक निर्माण एवं गुणस्तर बृद्घि कार्यक्रम सम्पन्न भएको छ। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश शर्माको अध्यक्षता एवं तिलोत्तमा ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरूले पछिल्लो समय विद्यालयमा विद्यार्थी संख्या घट्दै गईरहेको भन्दै चिन्ता र चासो ब्यक्त गरेका छन । सहभागीहरूले शिक्षक, अभिभावक एवं विद्यालयसँग सरोकार राख्ने तिनै पक्षबीच समन्वयको अभाव देखिदाँ विद्यालयले उल्लेख्य प्रगति गर्न नसकेको भन्दै आपसी सहकार्य र सहयोगमा अगाडी बढ्नुको विकल्प नरहेको औंल्याएका छन ।


 बक्ताहरूले पाठ्यपुस्तकको सहज उपलब्धता नहुनु, खेल सामग्रीको अभाव हुनु, अभिभावकमा चेतनाको कमि र विद्यालयमा भौतिक संरचनाको अभाव लगायतका अति आवश्यक विषयबस्तुसँग विद्यालय जुधिरहेको तर्फ  सहभागीको  ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा तिलोत्तमा ९ का अध्यक्ष ध्रुव न्यौपाने, सदस्य लक्षमन गुरूगं,विद्यालयका सल्लाहकारहरू गुणानिधि भण्डारी, यामकुमारी भट्टराई, नारायण पौडेल, ब्यवस्थापन समिति सदस्य तारा गुरूगं, हर्क बहादुर पुन, शिक्षकहरू डिल्लीराम गैरे, अकबर अलि, यमनाथ पाण्डे, दानबहादुर पुन, गिता भण्डारी, बिष्णु थापा, लक्ष्मी  पन्त र पुर्व विद्यार्थी एवं पत्रकार प्रकाश पाण्डेले सुझाव एवं मन्तब्य दिनुभएको थियो । प्रअ मृगेन्द्र प्रसाद रिजालले सहजकर्ताको भूमिका निर्वाह गरेको अन्तक्रियामा शिक्षक सालिकराम खनालले कार्यक्रमको संन्चालन गर्नुभएको थियो ।



कमेन्ट गर्नुहोस्