
तिलोत्तमा,२०७९ चैत्र ९। स्विव्त एजुकेशनले २०२३ मार्च १७ देखि १९ गते सम्म डेल्टा एजुकेसन मार्टमा उत्साहजनक तीन दिनको करियर परामर्श कार्यक्रम सफलतापूर्वक आयोजन गरेको छ। युवाहरुलाई आ-आफ्नो करियरको बाटो देखाउन गरिएको यस कार्यक्रममा बुटवल र नेपालभरीका थुप्रै विद्यार्थी र युवा पेशेवरहरू मात्र नभई कलेजहरुका प्रमुख अनि विभिन्न कम्पनीका व्यापार प्रमुखहरूको पनि सहभागिता थियो।
अन्तर्राष्ट्रिय बूटक्याम्प मार्गदर्शन खोज्दै गरेका युवाहरुका लागि एक उत्कृष्ट अवसर थियो। यो कार्यक्रममा सहभागीहरुले ग्राफिक डिजाइनिंग, सफ्टवेयर इन्जिनियरिंग र उद्यमिता क्षेत्रहरुमा उद्योग विशेषज्ञहरुबाट सल्लाह लिदै उद्योगमा मूल्यवान अनुभवहरु प्राप्त गरे र आफूलाई कसरी बिकास गर्ने भन्ने कुरा सिकेका छन् । त्यत्ति मात्र हैन! कार्यक्रमका अन्तरक्रियात्मक गेम जोनहरूमा सहभागीहरुले मज्जेदार गेमहरु खेले र तन्नैले गिफ्ट भौचरहरु पनि जिते। नेटवर्किङ्ग जोनमा भने ठुला-ठुला नाम चलेका कम्पनीहरुका संचालक र प्रतिनिधिहरु बसेका थिए जो संग सहभागीहरुले कुराकानी गरे र धेरैले आफुले खोजेको जस्तो नोकरीको अवसरहरुको बारेमा छलफल समेत गरे।
स्विव्तसंगै सम्बद्ध अरु कम्पनीहरु, सिटी ९७७ र सयपत्री, को आगामी प्रोजेक्टहरुको पनि कार्यक्रममा परिचय भयो जसको नयाँ टेक्नोलोजी देखेर सहभागीहरु मन्त्रमुग्द नै भए। नेपाली नयाँ वर्ष २०८० कै दिन शुरुवात हुने सिटी ९७७, एक अनलाइन खाद्य र ग्रोसरी डेलिभरी एप हो भने, सयापत्री एक अफलाइन भुक्तानी सेवा प्रदाता हो, जसले इन्टरनेट वा सुरक्षा पिनको बिना नै स-सानो भुक्तानीहरु आर.एफ.आइ.दि. टेक्नोलोजीद्वारा गर्दछ।
स्विव्त एजुकेशनले नेपालमा उच्च गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिबद्ध छ र कम्पनीले आयोजना गरेको यस अन्तर्राष्ट्रिय बुट क्याम्प यहि प्रतिबद्धताको प्रमाण हो। स्विव्त एजुकेशनका ६ महिनाको कोर्सहरुले विद्यार्थीहरुलाई उनीहरुको छानेक्षेत्रमा अनुभवमय शिक्षा प्रदान गर्ने गठन गरिएका छन्।भाग लिने सबै व्यक्तिहरूको लागि अन्तर्राष्ट्रिय बूटक्याम्प उत्कृष्ट र जीवन परिवर्तक अनुभव थियो जहाँ सहभागीहरुले व्यावसायिक अवसरहरू खोजे र आफ्नो करियरलाई रूपान्तर गर्न सिके। स्विव्त एजुकेशनद्वारा आयोजित यो कार्यक्रम सफलतापुर्वक सकिएको छ र कम्पनीले बूटक्याम्प जस्ता थप कार्यक्रमहरु गर्दै गर्ने योजना गर्दै छ।
कमेन्ट गर्नुहोस्