लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल बहुमुखी क्याम्पसमा २ हजार ६८१ जनाले गरे मतदान

IMG

तिलोत्तमा,२०७९ चैत्र ५। बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।निर्वाचनमा ३७.७० प्रतिशत अर्थात २ हजार ६८१ मत खसेको छ।६ वटा सङ्गठनले भाग लिएको यस क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका छन् ।


यहाँ यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको थियो ।लामो समय रोकिएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । यस अघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो ।मतगणना आजैबाट गणना गर्ने तयारी रहेको छ ।

कमेन्ट गर्नुहोस्