लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्याब्सन तिलोत्तमाको ब्याडमिन्टन, चित्रकला तथा बाल गीत प्रतियोगिता सम्पन्न

tillotmacitynews - 2023 Mar 04 09:22 PM
IMG

तिलोत्तमा, २० फागुन २०७९। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तिलोत्तमाको आयोजनामा शनिबार नगरस्तरीय अन्तर विद्यालय ब्याडमिन्टन, चित्रकला एवं बाल गीत प्रतियोगिता सम्पन्न भएको छ । तिलोत्तमा-१४ खैरिया स्थित लुम्बिनी स्पोर्ट्स क्लवको कभर्डहलमा  आयोजना गरिएको प्रगियोगितामा प्याब्सन तिलोत्तमामा आवद्ध संस्थागत विद्यालयहरूको सहभागीता रहेको थियो ।


प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ब्याडमिन्टन तर्फ लिटिल स्टार प्रथम, नोबेल ईन्भाईरनमेन्ट दोस्रो, लिटिल प्याराडाईज तेस्रो र न्यू ईन्भारमेन्टले सान्तवना स्थान हासिल गरेका छन  । यस्तै चित्रकला प्रतियोगितामा सिद्दार्थ बोर्डिगं स्कुल प्रथम, नोबेल ईन्भारमेन्ट दोस्रो, न्यु ईन्भारमेन्ट तेस्रो र पामिर एकेडेमी चौंथो भएका छन । यसैगरि बालगीत प्रतियोगितामा न्यू ईन्भारमेन्ट प्रथम, नोबेल ईन्भारमेन्ट एकेडेमी दोस्रो, लिटिल प्याराडाईज तेस्रो र लिटिल स्टार एवं नवज्योति बोर्डिगं स्कूल सान्तवना भएका छन । 


प्याब्सन  तिलोत्तमा नगरकमिटी अध्यक्ष केएन सागर ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  बिशिष्ट अतिथि जेबी थापा, ब्याडमिन्टन संयोजक सुन्दर गुरूङ्ग, चित्रकला संयोजक मधुप्रकाश ज्ञवाली, बाल गीत संयोजक चन्द्र अधिकारी, लुम्बिनी स्पोर्टसं क्लवका उपाध्यक्ष राजेन्द्र गुरूगं लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा  प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्दै तिलोत्तमा कार्यसमिति अध्यक्ष केएन सागर ज्ञवालीले, विद्यार्थिमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता उपयोगी सावित भएको प्रतिक्रिया दिनुभयो। प्रतियोगिताको सन्चालन पवन सरांगकोटीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्