लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु लाइट कलेजमा पुरस्कार वितरण तथा छात्रवृति वितरण कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,२०७९ फागुन १३। रुपन्देहीको तिलोत्तमा १ शंकनगरमा रहेको न्यु लाइट कलेजमा पुरस्कार वितरण, खाना महोत्सव , खुला नृत्य  प्रतियोगिता तथा छात्रवृति वितरण कार्यक्रम भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीले खाना महोत्सव र विविध  साहित्यका एवम्  सांस्कृतिक  प्रदर्शन गरेका थिए भने कलेजले पुरस्कार वितरण तथा छात्रवृति वितरण कार्यक्रम गरेको हो । कार्यक्रममा कलेजले  कक्षा ११ , १२ तथा स्नातकतहमा अध्ययन गर्ने गरिव तथा जेहन्दार १६ जना विद्यार्थीहरुलाई छात्रवृति तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । 


कलेज ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई पुरस्कार तथा छात्रवृति वितरण गर्दै संघीय सांसद बासुदेव घिमिरेले डिजिटल युग अनुसारको शैक्षिक गतिविधीलाई शिक्षालयहरुमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कलेज प्रमुख  रमेश ज्ञवालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै काम लाग्ने खालेको शिक्षा दिन कलेज प्रतिवद्ध रहेको बताउनुभयो । कलेजले वार्षिक कार्यतालिका अनुसार एकसाता अगाडिदेखि सप्ताहब्यापी खेलकुद कार्यक्रम लगायतका अतिरिक्त कृयाकलापहरु गर्दै आएको कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले जानकारी दिनुभयो ।


पुरस्कार वितरण कार्यक्रमको अवसर पारी कलेजले खेलकुद तथा शैक्षिक पुरस्कार वितरण, विद्यार्थीद्वारा खाना महोत्सव, खुल्ला नृत्य प्रतियोगिता, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको शैक्षिक संयोजक कुँवरले जानकारी दिनुभयो । ११, १२ सँगै स्नातक तहमा शिक्षा तथा ब्यवस्थापन संकायमा अध्ययापन गराउँदै आएको न्यु लाईटमा एक हजार बढी  विद्यार्थीहरुले अध्ययन गर्ने गरेको लेखा प्रमुख रविन शाक्यले जानकारी दिनुभयो । कार्यक्रममा सल्लाहकार ईश्वर चन्द पोखरेलले शुभकामना  मन्तव्य राख्नु  भएको थियो ।अतिरिक्त क्रियाकलाप प्रमुख खेमराज  खनालले कार्यक्रमको सहजीकरण  गर्नु भएको थियो ।




कमेन्ट गर्नुहोस्