लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा रक्तदाता समाजको ३०औं नियमित रक्तदान सम्पन्न

IMG

तिलोत्तमा,२०७९ फागुन १३।  तिलोत्तमा रक्तदाता समाजले   शनिबार ३० औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा ९, ज्ञानोदय चोकमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं तिलोत्तमा ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले, रक्तदान महादान भएकाले यस्ता कार्यक्रममा सबैको साथ र सहभागिता जरूरी रहेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै सामाजिक अभियन्ता सागर ढकालले, दुर्गम र पहाडी भेगमा रगतको अभावमा आम सर्वसाधरणलले ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै यस्ता कार्यक्रमलाई देशैभरि अभियानको रूपमा लैजान समाजलाई आग्रह गर्नुभयो । 


 तिलोत्तमा रक्तदाता समाज र ज्ञानोदय क्लबको संयुक्त  आयोजना रहेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गर्नुभएको थियो । तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोबिन्द बन्जाडे र ज्ञानोदय क्लबका अध्यक्ष बिक्रम पान्डेको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन संयोजक बिक्रम गैरेले गर्नुभएको थियो ।



कमेन्ट गर्नुहोस्