लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘मनफूल’ : प्रेमील जोडीलाई भ्यालेन्टाइन उपहार

IMG

तिलोत्तमा,२०७९ फाल्गुण १ गते।  दर्शक अनि श्रोताको मनमा बस्न सफल अब्बल एवम् जीवन्त सृजना गर्ने सर्जकको रुपमा लोकप्रियता कमाएका सर्जक एकनारायण भण्डारीको नयाँ सृजना यतिबेला बजारमा छ।सर्जक भण्डारीको शब्द अनि संगीत रहेको ‘मनफूल’ बोलको नयाँ गीत केही दिन अघि रिलिज भएको हो। गीतमा लोकप्रिय गायक प्रताप दास र गायिका रचना रिमालको मेलोडियस आवाज रहेको छ।


प्रेमिला गीत सृजना गर्न खप्पिस सर्जक भण्डारीले यो गीतमा पनि प्रेमिल शब्दहरू समेटेका छन् । प्रेमीले आफ्नो प्रेमिकालाई फूलसँग तुलना गरेर फूलभन्दा राम्री लागेको आभाषलाई गीतका शब्दहरुमा उत्कृष्ट तरिकाले उतारिएको छ। त्यसो त, गीतका शब्दहरु जस्तै प्रेमिल मेलोडी पनि छ गीतमा। जस्तो शब्द अनि संगीत छ, उत्तिकै मिठासयुक्त आवाज छ रचना र प्रतापको गीतमा।


भिडियो पनि उत्तिकै आकर्षक छ। युवाहरुको ढुकढुकी बनेका सशक्त अभिनयका सम्बाहक कलाकार महेन्द्र गौतम र दिव्यानी ओली फिचर्ड छन् भिडियोमा। भिडियो हेर्दा महेन्द्र र दिव्यानी साँच्चिकैका प्रेम जोडी झैँ लाग्छन्। उनीहरूको केमिस्ट्री गजब छ भिडियोमा। जसरी गीतको अडियोले कानलाई शितल दिन्छ, त्यसैगरी भिडियोले पनि आँखालाई आनन्द एवम् शितलता प्रदान गर्छ। भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् ।


आकर्षक फ्रेममा मनोरम दृश्यसहित करण चैसिरले खिचेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका छन् । भिडियोमा कलर संयोजन चाहिँ मिलन बिकले गरेका हुन्।प्रेम जोडीहरुको लागि प्रेम सप्ताह चलिरहेको यो समयमा यो गीतले पक्कै पनि प्रेम जोडीको कथा भन्न सहयोग गर्नेछ।



कमेन्ट गर्नुहोस्