
जितगढी किल्ला नेपाल–अग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (वि.स.१८७१/७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो । त्यस बखत नेपालमा प्रधानमन्त्री भिमसेन थापा थिए । उनले पाल्पा गौंडाको सुरक्षा गर्न भनि आफ्ना भतिजा कर्णेल उजिर सिंह थापालाई खटाए । उजिरसिंह थापाको जन्म काजी नयनसिंह थापा र मूखिनी रण कुमारी थापाको जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत कृष्ण प्रतिपदामा भएको थियो । उन्नीस वर्षका युवा उजिर सिंह थापा जोशिला, नीडर, चलाख, शूरबिर र बहादुर थिए । बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिव्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्सको निर्देशन मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजसंगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमाण्डमा अदम्य साहस, रणकौशलता, पौरख एवं वीरताका साथ युद्ध गरी नेपालीले जितगढी किल्लाबटै विजय हासिल गरेका थिए ।
दुई सय वर्षअघि नेपालले अंग्रेजसँग विभिन्न स्थानमा युद्ध लडेको थियो । कुमाउ-गढवाल (नाहान), मकवानपुर गढी, कोशी-टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग नेपाली फौजको लडाइँ भएको इतिहास छ । यी लडाइँहरुमा नेपाली फौजको नेतृत्व अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा लगायतले गरेका थिए । अंग्रेज सेनासँगको युद्धमा नेपाली सेनाको तर्फबाट जबरजंग गणबाट कर्णेल उजिरसिंह थापाले नेतृत्व गरेका थिए भन्ने इतिहास छ । अंग्रेज फौजको तर्फबाट भने जनरल सुलेभान उडले नेतृत्व गरेका थिए । बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढी युद्धमा नेपाली सेनाको तर्फबाट जबरजंग गण, भवानीवक्स गण, सबुज गण गरी तीन वटा गणबाट नेपाली सेनाका फौजले विरता प्रस्तुत गरेका थिए। सबुज गणको समेत नेतृत्व गरेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा भएको त्यो लडाइँमा ३ सयभन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको इतिहासविद् विमलबहादुर शाक्य बताउँछन्। नेपाली सेना विश्वभर वीर छन् र कसैका सामू पराजयको घुँडा टेक्दैनन् भन्ने प्रमाणित गर्दै विजय हासिल गरेको उक्त लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया र जुठे बस्नेतले विरगती प्राप्त गरेका थिए ।
“युद्ध हतियारले होइन, विचारले लड्ने हो” भन्ने मान्यताका साथ उजिरसिहंले गढी, कोट, किल्ला, थुम्को बाँधहरुमा छलियुद्ध गर्न थुपै्र नक्कलीरणनीतिहरु तयार गरे । उजिरसिंहसँग नेपाली गोर्खालीर पाल्पाली गरी बाह्र पल्टन फौज थिए भने अंग्रेजहरुसँग हातहतियारले सुसज्जित, बन्दूक, बारुद, मोटार गन सहितका चारहजार सैनिकहरु थिए। बुटोलगढी भन्ने ठाउँमा घोर घमासान लडाइ भयो । दुई/दुई पटक नेपाली सेनाले अंग्रेजहरुलाई लज्जाजनक रुपमा हराएर पठायो । संसार जित्ने अंग्रेजलाई उजिरसिंहले लडाइमा हराएकोले त्यस ठाउँलाई खुशीयालीमा जितगढी भनियो । नेपाल अंग्रेज युद्धमा धेरै ठाउँमा नेपालको हार भयो । नेपालले अंग्रेजलाई जितेको एकमात्र लडाइ यही जितगढीको हो। जितगढी बुटबलमा पर्दछ । लडाइमा वीर नेपाली सपूतहरु पनि मारिए।
नेपालीहरु भन्दा अंग्रेजहरु धेरै मारिएर उनीहरुको धेरै क्षति भयो। अंग्रेजहरुको लडाइ नायक जनरत सुलेमान उड नालायकर कातर सावित भए। लडाइँ सकिए पछि भाकल अनुसार उजिरसिंहले भगवतीको विशाल मन्दिर बनाए। तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको दिनको खुशियालीलाई बुटवल उपमहानगरपालिकाले जितगढी विजय उत्सव दिवसका रूपमा वि.स. १८७२ बैशाख ७ गते युद्धमा विजय हासिल भएको खुसीयालिमा बुटवल उप महानगरपालिकाले केही वर्ष अधि देखि जितगढी विजय उत्सव दिवस मनाउदै आएको छ। उनै बिर उजिर सिहं थापाको संझनामा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले प्रथम उजिर सिहं रुपन्देही जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगिता २०७९ को आयोजना गर्दैछ ।
कमेन्ट गर्नुहोस्