लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यू इन्भाइरन्मण्टको २९औँ वार्षिकोत्सव एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,२०७९ माघ २० गते। तिलोत्तमाको न्यू इन्भाइरन्मण्ट अंग्रेजी मा.वि.को २९औँ वार्षिकोत्सव एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको अध्यक्षता तथा विद्यालयका प्रबन्ध निर्देशक घनश्याम ज्ञवालीको उपस्थितिमा विविध कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रममा हरेक तहका विद्यार्थीहरुबाट विविध सांस्कृतिक कार्यक्रम, गीत गायन एवम् विद्यालयमा रहेका स्मृति अक्षयकोषबाट हरेक तहका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको थियो ।


विद्यालयबाट प्रकाशन गरिने “ज्ञानवाटिका” भाग तीन पुस्तकको विमोचन समेत गरिएको सो कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको उदेश्य र प्रभावकारिता अनि औचित्यमाथि विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले प्रकाश पार्नुभएको थियो । कार्यक्रम कक्षा–९ मा अध्ययनरत छात्राहरु करुणा पाण्डे र अनुष्का पन्तले सञ्चालन गरेका थिए । 


कमेन्ट गर्नुहोस्