लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वयं सेविका तथा कार्यालय सहयोगीलाई साइकल बितरण

IMG

तिलोत्तमा,२०७९ माघ १८ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ को सहयोग तथा स्वास्थ्य चौकी दिपनगरको संयोजनमा स्वयं सेविका तथा कार्यालय सहयोगीलाई साइकल बितरण गरिएको छ। वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को रु १ लाख बजेट अन्तर्गत ९ वटा सामुदायिक महिला स्वास्थ्य स्वम सेविका साथै वडा कार्यालयका कार्यालय सहयोगी एवम स्वास्थ्य चौकीका कार्यालय सहयोगी लाई एक -एक वटा साईकल वितरण गरिएको स्वास्थ्य चौकीका रामु केसीले बताए।


स्वास्थ्य चौकी ईन्चार्ज कृष्ण कुमारी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कृष्ण प्रसाद पौड्यालको प्रमुख आतिथ्यतामा संचालन भएको थियो। नगरपालिकाबाट जन स्वास्थ्य निरिक्षक राम प्रसाद ढकाल एवम नर्सिडं अधिकृत लक्ष्मि आचार्यको उपस्थिति रहेको थियो। साइकल बितरण कार्यक्रम स्वास्थ्य चौकी ब्यवस्थापन समिति एवम वडा कार्यालयका जनप्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो। घर घर पुग्नु पर्ने स्वयम् सेविका तथा कार्यालयको काममा धेरै दौडधुप गर्नुपर्ने कामलाई मध्येनजर गर्दै साइकल बितरण गरिएको वडा अध्यक्ष पौडेलले बताए। 





कमेन्ट गर्नुहोस्