लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस क्षेत्रमै पहिलोपटक नमस्ते एकेडेमीमा साहित्यिक महोत्सव

IMG

तिलोत्तमा,२०७९ माघ ११ गते।यस क्षेत्रमै पहिलोपटक ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा भोली माघ १२ गते नयाँ बिद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ । बरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले बताउनु भयो ।


“साहित्य समाजको ऐना हो । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ। यसैलाई मध्येनजर गरी यो कार्यक्रम आयोजना गरिएको हो । यस कार्यक्रममा मूलत तिन विषयमा विद्यार्थी र साहित्यकार विचमा सफल हुनेछ। नेपाली साहित्यमा आजका युवाको भूमिका’ विषयमा युवा साहित्यकार तथा लेखक रामचन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने र विद्यार्थी किरण भुसालले सहजीकरण गर्नेछन भने छलफलको प्रारम्भ कक्षा ९ की आकृति कडेलले गर्नेछिन् । त्यसै गरी लेखक कसरी बन्ने भन्ने शीर्षकमा स्वतन्त्र लेखक दीपक विश्वकर्मा पत्रकार शंकर पाण्डे तथा बाल लेखिका श्रीयसी पन्थीले आआफ्ना धारणा राख्नेछन । स्वीकृति पंगेनीले विषय वस्तुको उठान गर्नेछिन ।


‘ आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली शीर्षकमा साहित्यिक अभियान्ता मीनाक्षी न्यौपाने, शिक्षक राजेन्द्र कुँवर तथा विद्यार्थी प्रशान्त चौधरीले परिचर्चा गर्ने र विषय वस्तुको उठान तमन्ना भण्डारीबाट हुने ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण कंडेलले जानकारी दिनु भयो । ” अहिलेका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्दछन् । उनीहरुका श्रृजनाको प्रदर्शनी पनि यो महोत्सवको विशेष आकर्षण रहने विद्यालयले जनाएको छ ।


पठन संस्कृति प्रति पनि नमस्तेका बालबालिका उत्साहित रहेका छ्न । स-साना विद्यार्थीले आफूले पढेका पुस्तकहरुको रिभ्यु समेत उक्त महोत्सवमा हुनेछ । विद्यार्थी सकृता रिमाल, सोहम पाण्डे, अर्नव केसीले आफूले पढेका पुस्तकको समीक्षा गर्नेछन् भने सो समीक्षाको सहजीकरणा सत्यम ढकालले गर्ने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिनुभयो । “नेपाली संस्कृति, कला साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्य सहित आयोजना हुने यस कार्यकममा सरस्वती बन्दना सहित विविध नेपाली लोक सांस्कृतिको पनि प्रदर्शनी हुनेछ। 

कमेन्ट गर्नुहोस्