लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनज्योती माध्यमिक विद्यालयको ५५ औं बार्षिकोत्सव सम्पन्न, मुख्यमन्त्री गिरीले गरे १५ कोठे भवन उद्घाटन

IMG

तिलोत्तमा,२०७९ माघ ७ गते। रुपन्देहीको तिलोत्तमामा रहेको श्री जनज्योती माध्यमिक विद्यालयको ५५ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । तत्कालिन शंकर नगर गाविस वाड नं ८ मा बि. सं २०२४ सालमा स्थापना भएकाे उक्त विद्यालयले आफ्नाे छुट्टै पहिचान बनाएकाे छ ।


५५ बर्ष अगाडि आजकै दिन स्थापना भएकाे विद्यालय अहिले सम्म सफल रूपमा संचालन भएकाे छ । पानीको समेत कुवा भएको सो स्कुलमा पानी लिन जानेहरुले सो स्थानमा बिद्यालय खोल्नु राम्रो मानेको कारण अहिले सम्म सो बिद्यालय संचालनमा आएको बक्ताहरुले बताए।तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।


कार्यक्रममा विद्यालयको शैक्षिक उन्नतिका लागि अक्षयकोष स्थापना गर्न रकम उपलव्ध गराउने दातालाइ सम्मान गरिएकाे थियाे । साथै शिक्षक अभिवावक , बिद्यार्थीलाई समेत दोसल्ला सहित सम्मान गरिएकाे थियाे । कार्यक्रममा विद्यालयकाे प्रगति विवरण प्रस्तुत गर्दै प्रधानाध्यापक बाबुराम आचार्यले विद्यालय विभिन्न चुनाैतीलाइ समना गर्दै अगाडी बढिरहेकाे बताए । उनले विद्युतकाे भाेल्टेज नपुग्ने, गुणस्तरिय खानेपानी, शाैचालय, खेलमैदान आदीकाे व्यावस्थापनमा कठिनाइ भएकाले त्यसकालागि पहल गरिदिन स्थानिय र प्रदेश सरकार सँग आग्रह गरे । विद्यालयमा विद्यार्थीकाे आकर्षण बढिरहेकाे त्यसकाे अनुपातमा भवन र जनशक्तिकाे व्यवस्थापन गर्नु अबकाे चुनाैती रहेकाे उनकाे भनाइ रहेकाे छ ।


कार्यक्रममा मुख्यमन्त्री गिरीले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न नसक्ने वताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अहिलेको समयमा व्यवहारिक शिक्षाको महत्व रहेकोले सबै विद्यालयका शिक्षक अभिवावकहरुलाई विद्यार्थीको रुचि अनुसारका शिक्षामा जोड दिन आग्रह समेत गरे। बिद्यालयमा बनेको १५ कोठे सुबिधा सम्पन्न, भुकम्प प्रतिरोधी भवन उद्घाटन गर्दै उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत शिक्षाको महत्व रहेको बताए ।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वर देवी चौधरी, तिलोत्तमा वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर क्षेत्री,तिलोत्तमा-४ का निबर्तमान अध्यक्ष दिवाकर ढकाल लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।




कमेन्ट गर्नुहोस्