लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

होराइजन जिबिएसको जिल्लास्तरीय हाजिरीजवाफ कालिका मानवज्ञानले जित्यो

IMG

तिलोत्तमा,२०७९ माघ ६ गते। होराइजन गौतम बुद्ध मा. वि. तिलोत्तमा  १, ड्राइभरटोल, रूपन्देहीले आयोजना गरेको तेस्रो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता कालिका मानवज्ञान माध्यमिक विद्यालयले जितेको छ । हाजिरी जवाफको हिट राउण्डमा ४० वटा विद्यालयहरूले सहभागिता जनाएका थिए ।जसअन्तर्गत  रामापुर सेकेन्डरी स्कुल, कालिका मानव ज्ञान मा.वि.  बुटवल , श्री सिद्धार्थ मेमोरियल एकाडेमी, सिद्धार्थ इङलिस बोर्डिङ  स्कुल, तिलोत्तमा,  ग्रिन प्लान्ट इङलिस बोर्डिङ, देवदह र सुनगाभा पब्लिक सेकेन्डरी स्कुल फाइनल चरणमा प्रवेश गरेका थिए । हाजिरीजवाफ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका विद्यालयबीचको प्रतिस्पर्धाबाट कालिका मानव ज्ञान बुटवलले प्रथम स्थान, सुनगाभा पब्लिक सेकेन्डरी स्कुलले द्वितीय स्थान, सिद्धार्थ इङलिस बोर्डिङ, सेकेन्डरी  स्कुल तिलोत्तमाले तृतीय स्थान तथा ग्रिन प्लान्ट  इङलिस बोर्डिङ,  स्कुल देवदहले सान्त्वना स्थान हासिल गरेका थिए ।


प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान हासिल गर्न सफल विजयी समूहलाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र ३ हजार सहित  शिल्ड तथा प्रमाण पत्रले सम्मान गरिएको थियो भने सहभागी सम्पूर्ण विद्यालयलाई मायाको चिनो तथा सहभागीताको प्रमाण पत्रले सम्मान गरिएको थियो ।होराइजन गौतम बुद्ध स्कुल संचालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राजेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी  उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य तथा तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी रहेका थिए ।


अतिथिका रूपमा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायत थिए । यसैगरी कार्यक्रममा न्यु होराइजन इङलिस बोर्डिङ बुटवलका प्राचार्य श्री लोकनाथ उपाध्याय,क्षितिज इन्टरनेशनल केजका प्राचार्य डा. सूर्य राना, बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल, बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने, लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय ज्ञवाली, न्यु होराइजन मातृसंस्थाका उपप्राचार्य बासुदेव अर्याल,बालकृष्ण भण्डारी, न्यु होराइजन कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसाल, संस्थापक एवं प्राध्यापक प्रदीप अर्याल, उपप्रचार्य ज्ञानेश्वर ज्ञावली, डा. नारायणप्रसाद पन्थ, डा. तारानाथ भट्टराई, शैक्षिक संयोजक जिवनाथ भण्डारी, प्राध्यापक लक्ष्मण प्रसाद गौतम, प्रकाश घिमिरे,रुद्र भुसाल, खेमेन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।


प्रतियोगिताका संयोजक टेकबहादुर महत रहेको कार्यक्रममा संस्थाका प्राचार्य गोपालप्रसाद आचार्यले मन्तव्य राख्दै जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबीच आत्मीय सम्बन्ध स्थापना गर्ने र विद्यार्थीमा अन्तरनिहित क्षमताको प्रस्फुटन गराउने उद्देश्यका लागि विगत वर्षहरुदेखि नै जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिदै आएको र यसले जिल्लाभरिमा रहेका सम्पूर्ण विद्यालयहरूलाई जोड्ने कडीका रूपमा काम गर्ने बताए । प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै नेपाल सरकारका सहसचिव डा. राजेन्द्र केसीले होराइजन गौतम बुद्ध स्कुलले यस क्षेत्रको शैक्षिक उन्नयनमा महवपूर्ण योगदान पु¥याएको बताउदै विद्यार्थीहरूका निम्ति यस किसिमको हाजिरीजवाफ प्रतियोगिता महवपूर्ण हुने भन्दै आगामी दिनमा यसको निरन्तरताको शुभकामना दिए।


यसैगरी न्यु होराइजन मा.बि. बुटवलका मा. प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ अत्यावश्यक रहेको कुरा बताए। विशिष्ट आतिथिको मन्तव्य राख्दै तिलोत्तमा नगरपालिका शिक्षा विभाग प्रमुख श्री गंगाराम आचार्यले हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन उच्च प्रविधिमैत्री र अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि संस्थाले यस किसिमका बौद्धिक कार्यक्रमलाई निरन्तरता दिंदै जानुपर्ने कुरामा जोड दिए ।  कार्यक्रमको संचालन साहित्यकार एवं प्राध्यापक डा. मुरारि पराजुली, ऋषिराम पौडेल,कृष्ण क्षेत्री तथा पुस्कर रायमाझीले गरेका थिए भने प्राविधिक व्यवस्थापका रुपमा प्राध्यापक अर्जुन अर्याल तथा सन्दीप गौतम र गिरि रास्कोटीले गरेका थिए ।


कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि होराइजन गौतम बुद्ध मा.बि. उपप्राचार्य इन्द्र भुसालको संयोजकत्वमा मूल समिति र विभिन्न उपसमिति बनाई कार्य सम्पादन गरेको कुरा प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी गराए । कार्यक्रमलाई रोचक बनाउन संस्थाको सांस्कृतिक टोलीबाट रोचक गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्