लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युनाइटेड फुटबल क्लब हंगकंगको सहयोगमा न्यानो कपडा, खेलकुद तथा मसलन्द सामाग्री वितरण

IMG

तिलोत्तमा,२०७९ पौष २१।  युनाइटेड फुटबल क्लब हंगकंगको सहयोगमा बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि  न्यानो कपडा, खेलकुद  तथा मसलन्द सामाग्री वितरण गरिएको छ।  तिलोत्तमा नगरपालिकाको वडा नम्बर १५ मा रहेको बभनी भुतपुर्व सैनिक आधारभूत बिद्यालयका बालबालिकालाई एक औपचारिक कार्यक्रमका बिच न्यानो कपडा, खेलकुद  तथा मसलन्द सामाग्री वितरण गरिएको हो।


तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको बभनी भुतपुर्व सैनिक आधारभूत बिद्यालयको प्रांगणमा सम्पन्न सो कार्यक्रमममा युनाइटेड फुटबल क्लब हंगकंगका प्रतिनिधि सुवास रानाको प्रमुख आतिथ्यता रहेको थियो। सो कार्यक्रममा करिव ५० जना बालबालिकाहरुलाई न्यानो कपडा, खेलकुद  तथा मसलन्द सामाग्री वितरण गरिएको हो ।कार्यक्रममा बोल्दै सहयोगी सुवास रानाले आफ्नो गाउँ ठाउँमा सामाजिक रुपमा सहयोग गर्न पाउदा निकै खुसि लागेको बताउनुभयो।  उहाँले विद्यालयको भौतिक तथा सामाजिक र शैक्षिक बिकासका लागि आफुहरु सहयोग गर्न तत्पर रहेको बताउनुभयो। सो कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक मनोज कुमार क्षेत्रीले बिद्यालयलाई समाजमा बचाउनु र संरक्षण गर्नु सबैको कर्तब्य भएकोले यस क्षेत्रको शैक्षिक बिकासका लागि आफ्नो तवरबाट सक्दो सहयोग गर्न अपिल गर्नुभयो। 


युनाइटेड फुटबल क्लब हंगकंगले स्थानिय क्लब लिस्नु युवा क्लब संग सहकार्य गर्दै सो सहयोग गरेको हो। कार्यक्रममा लिस्नुयुवा क्लबका अध्यक्ष  तिर्थराज मल्लले बिदेशमा रहेका नेपालीहरुको सानो सहयोग ले समाजमा रहेका हामीलाई प्रेरणा मिल्ने र विद्यार्थीलाई समेत अध्यययनमा रुचि बढ्ने कुरा बताउनुभयो।  कार्यक्रममा मन्टेश्वरी लेभल देखि ५ कक्षा सम्मका विद्यार्थीलाई सामाग्री बितरण गरिएको थियो। हाल डेस्क बेञ्च देखि भौतिक निर्माण र रंगरोगनको समेत अभाव रहेको बिद्यालयमा कक्षा ५ सम्म अध्यायन हुन्छ भने १२८ जना विद्यार्थीले यहाँ पठन पाठन गर्दछन। बि सं २०६३ सालमा स्थापना भएको सो बिद्यालयमा अन्तरिक स्रोतको समेत अभाव छ भने अन्तरिक भवन जिर्ण रहेको छ।बिद्यालय ब्यबस्थापन समितिका सदस्य रुपा भण्डारीको स्वागत रहेको सो कार्यक्रमको संचालन बिद्यालयका प्रधानाध्यापक मनोज कुमार क्षेत्रीले गर्नुभएको थियो।  


अविनास अनाथ आश्रममा समेत सहयोग 

युनाइटेड फुटबल क्लब हंगकंगमा आवद्ध युवाहरुको प्रतिनिधित्व गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १५ स्थीत अविनास आश्रममा न्यानो कपडा र खाद्यान्न लिएर पुगेका छन ।जाडो बिशेश रुपले बढ्दै जाँदा कोटिहवा स्थित अभिनास अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई समेत न्यानो महशुस गराउन सहयोग गरीएको युनाइटेड फुटबल क्लब हंगकंगका प्रतिनिधि सुवास रानाले बताउनुभयो।युनाइटेड फुटबल क्लब हंगकंगका प्रतिनिधि सुवास राना सहित लिस्नु युवा क्लबको नेतृत्वमा गएको सहभागीहरुले आश्रममा रहेका बालबालिकाका लागी न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेका थिए ।


कमेन्ट गर्नुहोस्