लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जाडो बढेपछि यस्तो छ तिलोत्तमाका स्वास्थ्यकर्मीको सुझाव

IMG

तिलोत्तमा, पौष १८,२०७९ साल। पौष महिना लागेपछि चिसो ह्वात्तै बढेको छ। तराइका भैरहवा, तिलोत्तमा, देवदह, बुटवल लगायतका प्रमुख शहरहरुमा चिसो एकदमै बढेपछि स्वास्थ्यकर्मीहरुले घर परिवारका लागि सतर्क रहन र चिसो बाट बच्न आग्रह गरेका छन्। एक्कासी बढेको जाडोको बेला बृद्ध बृद्धा, सुत्केरी महिला र बालबालिकालाई धेरै समस्या हुने गरेको तिलोत्तमा नगरपालिकाका स्वाथ्य अधिकृत केशव भट्टराईले बताएका छन् । तापक्रम घट्दै गइ बढेको चिसोका कारण बालबालिका, बृद्धबृद्धालाई अझ बढी समस्या हुने गरेको उनको भनाई छ । जाडो बढेसंगै विभिन्न स्वास्थ्य समस्या देखिने गरेको स्वाथ्य अधिकृत भट्टराईले बताए । उनले भने–‘विशेष गरेर बालबालिका र बृद्धबृद्धालाई चिसोले छिट्टै समात्ने भएकाले उनीहरुलाई न्यानो पारेर राख्नु पर्दछ ।’ चिसोले रुघाखोकी, दम, निमोनिया, कोल्ड डायरिया जस्ता स्वास्थ्य समस्या हुने गरेको चिकित्सकको भनाइ छ ।


चिसो याममा बाक्लो लुगा लगाउन, अनावश्यक रुपमा बाहिर नघुम्न र तातो, झोलिलो पदार्थ पर्याप्त मात्रामा खानका लागि भट्टराईले आग्रह गरेका छन् । चिसोले बालबािलका र बृद्धबृद्धालाईमात्रै नभइ वयस्कलाईसमेत समस्या गर्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु पर्ने उनको भनाइ छ । चिसो ह्वात्तै बढेपछि तराईको जनजीवन प्रभावित भएको छ । भैरहवासहित तराईमा सुरु भएको शीतलहरसंगै बढको चिसोको कारण जनजीवन प्रभावित भएको हो । हुस्सु र शीतलहरका कारण कठ्याङ्ग्रिने जाडो भएको छ । दुई दिनदेखि घामसमेत नलागेपछि जाडो झनै बढ्दै गएको छ । 


कमेन्ट गर्नुहोस्