लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जाडो बढेपछि रोहिणीका विद्यालय ६ दिन बन्द

IMG

तिलोत्तमा, पौष १८,२०७९ साल। जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द हुने भएको छ । जाडो बढेकाले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे विदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ ।


चिसो बढ्यो, यस्तो छ चिकित्सकको सुझाव

चिसो बढेको बेला बृद्ध बृद्धा, सुत्केरी महिला र बालबालिकालाई धेरै समस्या हुने गरेको तिलोत्तमा नगरपालिकाका स्वाथ्य अधिकृत केशव भट्टराईले बताएका छन् । तापक्रम घट्दै गइ बढेको चिसोका कारण बालबालिका, बृद्धबृद्धालाई अझ बढी समस्या हुने गरेको उनको भनाई छ । जाडो बढेसंगै विभिन्न स्वास्थ्य समस्या देखिने गरेको स्वाथ्य अधिकृत भट्टराईले बताए । उनले भने–‘विशेष गरेर बालबालिका र बृद्धबृद्धालाई चिसोले छिट्टै समात्ने भएकाले उनीहरुलाई न्यानो पारेर राख्नु पर्दछ ।’ चिसोले रुघाखोकी, दम, निमोनिया, कोल्ड डायरिया जस्ता स्वास्थ्य समस्या हुने गरेको चिकित्सकको भनाइ छ ।


चिसो याममा बाक्लो लुगा लगाउन, अनावश्यक रुपमा बाहिर नघुम्न र तातो, झोलिलो पदार्थ पर्याप्त मात्रामा खानका लागि भट्टराईले आग्रह गरेका छन् । चिसोले बालबािलका र बृद्धबृद्धालाईमात्रै नभइ वयस्कलाईसमेत समस्या गर्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु पर्ने उनको भनाइ छ । चिसो ह्वात्तै बढेपछि तराईको जनजीवन प्रभावित भएको छ । भैरहवासहित तराईमा सुरु भएको शीतलहरसंगै बढको चिसोको कारण जनजीवन प्रभावित भएको हो । हुस्सु र शीतलहरका कारण कठ्याङ्ग्रिने जाडो भएको छ । दुई दिनदेखि घामसमेत नलागेपछि जाडो झनै बढ्दै गएको छ ।



कमेन्ट गर्नुहोस्