लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आश्रम आश्रित बालकहरुको नजन्माएको आमा पुस्तक विमोचन

tillotmacitynews - 2022 Dec 23 11:10 PM
IMG

तिलोत्तमा, पौष ८, २०७९।  अनाथ तथा असहाय महिला कल्याण रामचन्द्र मैनादेवी अनाथ आश्रमको २६ औं बार्षिक साधारण सभा मणिग्राम ६ मा सम्पन्न भएको छ । यसअघि आश्रममा आश्रित बालकहरुले आफुलाई अनाथ भनिएपनि कर्म दिने आमा आफ्नो साथमा भएकोले अनाथ भनेर भन्न नरुचाउने भाव ब्यक्त गरिएको नजन्माएको आमा किताब प्रकाशन गरेका छन् । उक्त पुस्तकको शुक्रबार बिमोचन गरिएको छ ।  विमोचनसँगै आश्रित बालबालिकाहरूको  भजन प्रस्तुतीबाट शुरु भएको कार्यक्रममा बालक सुरेन्द्र बानियाले  कविता बाचन गर्दा धरैलाई भावुक बनायो  । 


कार्यक्रममा प्रमुख अतिथि  तिलोत्तमा  वडा नं. ६ का वडाअध्यक्ष गणेश पाठकले आश्रमको जीर्ण भवन मर्मतका लागि १ लाख ५० हजार बजेट वडाबाट छुट्याएको बताउंदै आगामि दिनमा संस्थासंगै सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । विशिष्ट अथिती समाजसेवी गोपाल रानाले आश्रम कार्यको प्रशंसा गर्दै बालबालिकाको पालन पोषण र शिक्षाका लागि समस्या नभएको तर आश्रमबाट पढेर निस्किएपछि नागरिकता नपाएकै कारणले गंभिर समस्या भोग्नुपरेकोले सवै सरोकारवालाको त्यसतर्फ ध्यान जानुपर्नेमा सचेत गराउनुभयो । उहांले यो भन्दा अगाडि निस्किएका केहि  बिद्यार्थीको उच्च शिक्षाका लागि आफुले लगानी गरेकोर बांकि विद्यार्थीको पनि आफुले जिम्मा लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


साधारण सभामा संस्थाका अध्यक्ष मैनादेवी भण्डारीले ५२ लाखको अक्षयकोष सहितको वार्षिक कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले १ करोडको अक्षयकोष खडागर्ने लक्ष्य अनुरुप अबको  कार्ययोजना बनाउने बताउनुभयो । कार्यक्रममा शान्ती नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले गितादेवी न्यौपाने,कला न्यौपाने, कमला आचार्य पाखे्रल,कृष्ण ढकाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मैनादेवी भण्डारीले  सहयोगीहरु बढदै गएको र साथ पनि थपिदै गएकोले संस्था चलाउन सहज भएको भन्दैसवैप्रति धन्यबाद व्यक्त गर्नुभएको थियो  ।

कमेन्ट गर्नुहोस्