
तिलोत्तमा, पौष ७ गते २०७९। सामाजिक सेवामा अग्रसर तिलोत्तमाको सामाजिक क्लब लियो क्लब अफ भलवारी सिटीले स्वर्गीय हरि प्रसाद जोशीको स्मृतीमा दोस्रो हरि स्मृती निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । क्लबले यही पुस ९ गते शनिबार भलवारीस्थित प्रभात आधारभूत विद्यालयको प्रांगणमा शिविर आयोजना गर्ने क्लबका अध्यक्ष मधु भण्डारीले बताए । क्लबले यही पुस ९ गते शनिबार भलवारीस्थित प्रभात आधारभूत विद्यालयको प्रांगणमा शिविर आयोजना गर्ने क्लबका अध्यक्ष मधु भण्डारीले बताए ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवा, रुपन्देही, लुम्बिनी आँखा उपचार केन्द्र, मणिग्राम, रुपन्देही र गिताञ्जली प्रिन्टर्स (छापाखाना) भलवारी, रुपन्देहीको सहयोगमा शिविर बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने क्लबका संस्थापक अध्यक्ष रविन जोशीले जानकारी दिए ।
शिविरमा मधुमेह जाँच, दन्त तथा आँखा जाँच एवं परामर्श, चिकित्सकीय (फिजिसियन) सेवा, हाडजोर्नी, नाक, कान, घाटी जाँच, महिला रोग विशेषज्ञ सेवा तथा आवश्यकता अनुसार औषधी तथा चश्मा वितरण गरिने कार्यक्रम संयोजक नितिन जैसवालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्