लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जन जागृति मावि तिलोत्तमाको स्वर्ण महोत्सव सम्पन्न, उत्कृस्टलाई सम्मान

IMG

तिलोत्तमा,२०७९ पौष १ गते । तिलोत्तमा नगरपालिका वडा नम्बर-२ योगिकुटीको जन जागृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा भव्यताका साथ् सम्पन्न भएको स्वर्ण महोत्सवको मूल समारोह बिद्यालयका अध्यक्ष यादव प्रसाद आचार्यको अध्यक्षतमा भएको हो। प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा क्षेत्र नम्बर २ रुपन्देहीका साम्सद तथा पुर्व अर्थ मन्त्रि एबम नेकपा एमालेका उपाध्यक्ष बिष्णु प्रसाद पौडेल, बिशिष्ठ अतिथि प्रतिनिधि सभा क्षेत्र नम्बर ५ रुपन्देहीका साम्सद तथा तिलोत्तमा नगरपालिकाका प्रथम मेयर बासुदेव घिमिरे, प्रदेश साम्सद तथा पुर्व लुम्बिनी प्रदेश मन्त्री लिला गिरिको उपस्थिति रहेको थियो।  


सो अवसरमा बोल्दै  प्रमुख अतिथि प्रतिनिधि सभा क्षेत्र नम्बर २ रुपन्देहीका साम्सद तथा पुर्व अर्थ मन्त्रि एबम नेकपा एमालेका उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले शैक्षिक बिकासका लागि क्षेत्र नम्बर २ मात्र नभएर समग्र रुपन्देहीमा आफु प्रतिबद्ध रहेको बताउनुभयो।  उहाँले बिद्यालयलाई उत्कृस्ट बनाउन शैक्षिक व्यवहारिक सिकाईका लागि शिक्षकहरुलाइ निर्देशन दिदै अन्य सहयोग र भौतिक तथा व्यवहारिक सिकाइका निर्माणमा आफुहरु प्रतिबद्ध रहेको जानकारी दिनुभयो।  सोहि क्रममा बोल्दै बिशिष्ठ अतिथि प्रतिनिधि सभा क्षेत्र नम्बर ५ रुपन्देहीका साम्सद तथा तिलोत्तमा नगरपालिकाका प्रथम मेयर बासुदेव घिमिरेले आफु तिलोत्तमा नगरको मेयर हुँदा देखिने बिद्यालयको भविष्य देखेको बताउदै शैक्षिक बिकासमा आफु सधै एककदम अघि बढेर तिलोत्तमाको बिकासमा जोडिने बताउनुभयो। त्यस्तै प्रदेश साम्सद तथा पुर्व लुम्बिनी प्रदेश मन्त्री लिला गिरिले यस क्षेत्रको गरिमा बोकेको यो स्कुलले शैक्षिक बिकासमा टेवा पुग्ने र होनहार बिद्यार्थी जन्माउने कुरामा अगाडी बढ्न शुभकामना दिनुभयो। 


सो महोत्सवमा बिद्यालयका विभिन्न गतिबिधिमा समाबेश र सहभागिता गरेका उत्कृस्ट बिद्यार्थी, बिद्यालय, शिक्षक र अभिवावक हरुलाई सम्मान गरिएको प्रधानाध्यापक टंक प्रसाद पौडेलले बताउनुभयो। महोत्सवमा बिबिध सांस्कृतिक कार्यक्रम, खेलकुद,  बिबिध मनोरन्जनात्मक तथा शैक्षिक कार्यक्रम ,अन्तर बिद्यालय स्तरिय निबन्ध प्रतियोगिता,मा उत्कृस्टलाई पुरष्कार बितरण कार्यक्रम समेत सम्पन्न भएको प्रधानाध्यापक पौडेलले बताउनुभयो। 


२०२९ साल पौष १ गते स्थापित विद्यालयको २०७९ सालसम्म आइपुग्दासम्म बिद्यालयको उत्कृस्टता समानरुपले अगाडी बढ्दै अझ प्रगतितर्फ उन्मुख छ।  योगीकुटीकै शान को रुपमा रहेको भौतिक निर्माणले सु सम्पन्न बिद्यालय स्थानिय तहको आगमनसंगै झनै शैक्षिक बिकासमा अगाडी बढेको छ। प्राथमिक बिद्यालयको रुपमा २०२९ सालमा स्थापित बिद्यालय कक्षा ८, ९ गर्दै हाल कक्षा १० सम्म सँचालित छ।  बिद्यालयको स्थापना कालका पुराना भौतिक भवन सबै स्तरोन्नति गर्दै नयाँ बनाइएको छ। हाल बिद्यालयको कक्षा १ देखि १० सम्म १ हजार ४५ जना बिद्यार्थी अध्ययनरत छन्। 



कमेन्ट गर्नुहोस्