लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यू होराइजनमा अन्तर क्लव परम्परागत पोशाक प्रदर्शन प्रतियोगिता

tillotmacitynews - 2022 Dec 16 07:29 PM
IMG

तिलोत्तमा,२०७९ पौष १ गते । न्यू होराइजन माबि बुटवल ११ मा अन्तर क्लव परम्परागत पोशाक प्रदर्शन प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।  मौलिक कला,संस्कृतिको संरक्षण तथा जर्गेना गर्ने उद्धेश्यले कार्यक्रम गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयका १२ वटा क्लवहरुको सहभागिता रहेको प्रतियोगितामा डुक अफ इडन बर्ग प्रथम भएको छ ।


त्यस्तै रेडक्रश क्लव दोश्रो तथा आर्ट काउन्सीलले तेश्रो स्थान हासिल गरेका छन् । उनीहरुलाइ बार्षिकोत्सवमा पुरस्कृत गरिने अतिरिक्त कृयाकलाप प्रमुख बालकृष्ण बस्यालले बताउनुभयो । सो अबसरमा न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्याय,प्रमुख अतिथि रामेश्वर श्रेष्ठ,उपप्रचार्य बासुदेब अर्याल,सह प्रचार्य बालकृष्ण भण्डारी,राजिब श्रेष्ठ,अतिथि निर्मल लाकौल,कार्यक्रम संयोजक कल्पना कुसुम,शिक्षक कपिल आचार्य,बिद्यार्थी खुसी थापा,सुसान्त ज्ञवाली लगायतले बोलेका थिए ।


सो प्रतियोगितामा निर्णायकमा नृत्य निर्देशक लोकेन्द्र शाह,पत्रकार कपिल ज्ञवाली तथा गायीका कल्पना कुशुमले निर्णायकको भूमिका निर्बाह गर्नुभएको थियो । सहभागि बिद्यार्थीहरुले बिभिन्न जातजातीका भौलिक भेषभुसा प्रदर्शन गरेका थिए । माबिले हरेक वर्ष यसप्रकारको कार्यक्रम गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्