लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी इन्जिनियरिङ कलेजमा २ दिने ह्याकाथन प्रतियाेगिता शुरु

tillotmacitynews - 2022 Dec 16 06:53 PM
IMG

तिलोत्तमा,२०७९ पौष १ गते । लुम्बिनी इन्जिनियरिङ कलेज (लेक) भलवारी रुपन्देहीको ROBOTICS क्लव अफ लेकले ह्याकाथन प्रतियाेगिता शुरु गरेको छ।देशभरिका विभिन्न आईटि कलेजबाट  १७ वटा टिमले सहभागिता जनाएका छन् ।यहाँबाट  १० टीकलाई छानेर  प्रतियाेगिता शुरु भएको हो।कार्यक्रममा सहभागी टिमहरु क्रिमसन् कलेज अफ टेक्नोलोजी, अकसफोर्ड कलेज , बुटवल बहुमुखी क्याम्पस, आइ.ओ.इ पुल्चोक, भैरहवा बहुमुखी क्याम्पस, क्याथफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट र लुम्बिनी इन्जिनियरिङ कलेजबाट सहभागी छन्।कार्यक्रममा सहभागी टीमले ५ वटा फरक फरक शीर्षकबाट कुनै एउटा शीर्षकमा आफ्नो प्रोजेक्ट (Software ) तोकिएको समय २४ घण्टा भित्र सम्पन्न गरि सक्नुपर्नेछ।


कार्यक्रमलाई  कलेजका सदस्य सचिव डा. के.एन पाण्डेले दिप प्रज्वलन गरि सुरु गर्नुभएको थियो। कार्यक्रममा  ROBOTICS क्लब अफ लेकका सभापति संजोक ज्ञवाली,त्यसैगरि बिशिष्ठअतिथिको रुपमा क्याम्पस डाइरेक्टर तुल्सी सापकोटा, प्र.अ इ.राजकपुर शाह, सह प्रअ नारायण ढकाल,कम्प्युटर डिपार्टमेन्ट (HOD)सतिस कुमार कर्ण, इलेक्ट्रिकल डिपार्टमेन्ट (HOD)इ. पकज ठाकुर साथै इ.निर्मल थापाको उपस्थिति रहेको थियो ।कार्यक्रममा तोकिएको समय २४ घण्टा भित्र सहभागी टीमहरुलेआ-आफ्नो प्रोजेक्ट सकाएर उक्त प्रोजेक्टको बारेमा जानकारी दिनुपर्ने  र जजहरुको मुल्यांकनबाट बिजेता घोषणा गरिनेछ।प्रथम बिजेतालाई नगद रु ३० हजार , दोस्रोलाइ रु १५ हजार  र तेस्रोलाइ रु ५ हजार प्रदान गरिने छ।  कार्यक्रम  दुई दिन सम्म चल्ने छ । 

कमेन्ट गर्नुहोस्