
तिलोत्तमा, २८ मंसिर २०७९। चिसो मौसम र वायु प्रदुषणले रुपन्देहीमा श्वासप्रश्वासका विरामी बढ्न थालेका छन । रुपन्देहीका सरकारी तथा निजि अस्पतालमा उपचार गर्न आउनेमध्ये अधिकास बिरामीमा फोक्सोको समस्या देखिन थालेको चिकित्सकहरु बताउँछन् ।‘अस्पतालमा आउनेमध्ये एक तिहाईमा श्वास प्रश्वासको समस्या छ’– लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा नन्दु पाठकले भने । शरीरमा चाहिने शुद्ध हावा (अक्सिजन) लिने र अशुद्ध हावा (कार्वनडाईअक्साइड) फयाँक्ने महत्वपूर्ण अंग फोक्सोको ख्याल राख्नुपर्ने उनको तर्क छ । फोक्सोमा समस्या आउनुभन्दा पहिले सचेत हुनुपर्ने उनको सुझाव छ ।
सुख्खा खोकी लाग्ने, घ्यारघ्यार हुने लक्षण लिएर आउनेहरुको संख्या ह्वात्तै बढेको उनले बताए । डेंगुको समस्या कम भएसँगै अस्पतालमा ज्वरो नआएका दम र खोकीका बिरामी बढेको उनले बताए । वातावरण प्रदुषणका मुख्य कारण निर्माण, उद्योग, सवारी र पराल जलाउने जस्ता कारणले हुने भन्दै यसबाट जोगिन धुलोधुवाँमा हिड्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।फेसनका लागि भन्दा पनि सुरक्षाका लागि गुणस्तरीय मास्क लगाउन उनको सुझाव छ । कोभिड १९ संक्रमणकालपछि मानिसमा मास्क लगाउने सचेतना बढे पनि सही प्रयोग नभएको उनले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक बिरामी थपिनेको संखया बढिरहेको उनको भनाई छ ।
कमेन्ट गर्नुहोस्