लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फोक्सोबारे सचेतना जगाउँदै चौराहा हस्पिटल

IMG

तिलोत्तमा, २८ मंसिर २०७९। फोक्सोबारे सचेतना दिन मध्येनजर गरी चौराहा हस्पिटल प्रालिले निःशुल्क फोक्सो जाँच तथा परामर्श कार्यक्रम गरेको छ ।सामाजिक उत्तरदायित्वमा रहेर अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार बिरामीहरुलाई फोक्सोको काम, सुरक्षाको विषयमा जानकारी दिने गरी निःशुल्क परामर्श तथा परीक्षणको काम गरेको हो । एक महिनाको अवधिमा अस्पतालमा उपचारमा आउने बिरामीहरुमा खोकी, फोक्सोमा समस्या भएका दमका बिरामी बढी देखिएको अस्पतालका फिजिसियन डा सरोज थापाले बताए ।


फोक्सो शरीरको महत्वपूर्ण अंग हो । शरीरलाई चाहिने अक्सिजन लिने र कार्वनडाईअक्साइड बाहिर फयाँक्ने काम फोक्सोले गर्छ । शरीरको हरेक अंगहरुमा अक्सिजन पु¥याउँछ । यसैबीच बुधबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका ७० जना सहित श्वास प्रश्वासमा समस्या भएका बिरामीको जाँच गरिएको उनले बताए । फोक्सोको पम्लरी फन्सनल टेष्ट (पिएफटी) मा फोक्सोले प्रतिसेकेन्ड सास लिने र फयाँक्ने गति मापन गरी त्यसको आधारमा दम भए नभएको छुट्टयाउने र समस्याबारे जानकारी दिईएको उनले बताए ।


अस्पतालका म्यानेजिङ डाईरेक्टर बिरु भण्डारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षभरि नै विभिन्न स्थानमा निःशुल्क स्वस्थ्य शिविरका साथै अस्पताल परिसरमा चिकित्सकीय परीक्षण र औषधि वितरणका कार्यक्रमहरु चलाउँदै आएको बताए । निजी लगानीमा संचालन भएको अस्पतालबाट विशेषज्ञ सेवासंगै ट्रमा सेवालाई विशेष प्राथमिकता दिएको उनले बताए ।सडक दुर्घटना बढी हुने लुम्बिनी प्रदेशमै ट्रमा सेवामा आफुहरु अगाडि रहेको उनले बताए । अस्पतालमा न्युरोसर्जरी, जनरल सर्जरी, ईएनटी, महिला तथा प्रसुति, डेन्टल, कार्डियो, अर्थो, मानसिक रोग विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिदै आएको छ । अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार फ्रि पल्मनरी फन्सन टेष्ट र हरेक हप्ता विहीबार निःशुल्क फिजिसियन र सुगर परीक्षण तथा परामर्श गर्दै आएको उनले बताए ।


रुपन्देहीमा पूर्वाधार निर्माणको कामसंगै चिसो र धुलोधुवाका कारण वायु प्रदुषण बढेको छ । त्यसमा पनि अधिकांश समय सडकमा बस्नुपर्ने ट्राफिक प्रहरीहरुमा श्वासप्रश्वासको समस्या बढी हुने भएकाले उनीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको उनले बताए । साउनदेखि सुुरु गरेको निःशुल्क सेवामा ७ सय जना भन्दा बढीले सेवा लिएको उनले बताए । अस्पतालमा १५ जना चिकित्सकहरुसहित १ सय ५० जनाले सेवा दिईरहेका छन् । अस्पतालमा अर्घाखाँची, गुल्मी, दाङ लगायत लुम्बिनी प्रदेशसहित अन्य छिमेकी जिल्लाबाट समेत विरामीहरु आउने गर्दछन् ।

कमेन्ट गर्नुहोस्