
तिलोत्तमा, २६ मंसिर २०७९। तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगिकुटीको जन जागृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव हुने भएको छ । विद्यालय प्राङ्गणमा भव्यताका साथ् सम्पन्न हुन लागेको स्वर्ण महोत्सव यहि मङ्सिर २३ गतेदेखी २९ गतेसम्म बिबिध कार्यक्रम गर्दै पौष १ गते बिशेष स्वर्ण महोत्सवको मूल समारोह हुने बिद्यालयका प्रधानाध्यापक टंक प्रसाद पौडेलले बताउनुभयो। महोत्सवको बिबिध सांस्कृतिक कार्यक्रम , खेलकुद, अन्तर बिद्यालय स्तरिय निबन्ध प्रतियोगिता, पुरष्कार बितरण कार्यक्रम, तथा मूल समारोहमा बिबिध मनोरन्जनात्मक तथा शैक्षिक कार्यक्रम हुने प्रधानाध्यापक पौडेलले बताउनुभयो।
२०२९ साल पौष १ गते स्थापित विद्यालयको २०७९ सालसम्म आइपुग्दासम्म बिद्यालयको उत्कृस्टता समानरुपले अगाडी बढ्दै अझ प्रगतितर्फ उन्मुख छ। योगीकुटीकै शान को रुपमा रहेको भौतिक निर्माणले सु सम्पन्न बिद्यालय स्थानिय तहको आगमन संगै झनै शैक्षिक बिकासमा अगाडी बढेको छ। स्वर्ण महोत्सव भब्य तरिकाले सम्पन्न गर्नका लागि विभिन्न उपसमिति सहित मूल समारोहका लागि मुल आयोजक समिति गठन गरिएको छ । मङ्सिर २३ गते देखि बिबिध खेलकुद कार्यक्रम, २६ गते अन्तर बिद्यालय स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ भने मङ्सिर २८ गते सांस्कृतिक कार्यक्रम, २९ गते खेलकुद तथा शैक्षिक पुरष्कार बितरण गर्दै मूल समारोह पौष १ गते मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम संगै नव निर्मित स्वर्ण स्तम्भ अनावरण समेत गरिने आयोजक मूल समारोह समितिले बताएको छ।
प्राथमिक बिद्यालयको रुपमा २०२९ सालमा स्थापित बिद्यालय कक्षा ८, ९ गर्दै हाल कक्षा १० सम्म सँचालित छ। विद्यालयले ५० औ स्वर्ण महोत्सवको अवसरमा बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह समेत गर्ने भएको हो। बिद्यालयको स्थापना कालका पुराना भौतिक भवन सबै स्तरोन्नति गर्दै नयाँ बनाइएको छ। हाल बिद्यालयको कक्षा १ देखि १० सम्म १ हजार ४५ जना बिद्यार्थी अध्ययनरत छन्।
कमेन्ट गर्नुहोस्