लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भ्वाइस अफ भैरहवामा छनोट भए उत्कृष्ट दश

tillotmacitynews - 2022 Dec 12 09:08 PM
IMG

तिलोत्तमा, २६ मंसिर २०७९। भैरहवामा जारी ८ औ लुम्बिनी राष्ट्रिय महोत्सव-२०७९ मा भ्वाइस अफ भैरहवाको चौथो सिजनमा १० जना प्रतिष्प्रधीहरु अघिल्लो चरणमा प्रवेश गरेका छन । सोमबार भएको भ्वाइस अफ भैरहवाबाट ६ जना बाहिरिएका छन ।महोत्सवका साँस्कृतिक समिती संयोजक दिपेन्द्र प्रधानका अनुसार अघिल्लो चरणमा प्रवेश गर्नेमा निहारिका ढुंगाना, रामनिवास यादव, शुभम प्रताप शाही, झलक सुनार, पवन केसी, हिरा बिक, सुल्तान ईद्रिसी, राज चौधरी, आभाष काफ्ले र रुसमिला हरिजन रहेका छन । आज भएको तेश्रो राउण्डबाट मनिष सारू, सन्तराम पासी सुमित सन्यासी, प्रकाश रायमाझी, जया उपाध्याय र सरिता नेपाली बाहिरिएको प्रधानले बताए । अडिसन राउण्डमा भाग लिएका ३३ जना मध्ये २१ जना छानिएका थिए । २१ जना मध्ये दोश्रो चरणमबाट ५ जना बाहिरिएका थिए ।


१० जना मध्ये उत्कृष्ट तीन जनालाइ पुरस्कारको ब्यवस्था गरिएको आयोजकले बताए । साँस्कृतिक समिती संयोजक दिपेन्द्र प्रधानका अनुसार पहिलो हुनेलाइ नगद २५ हजार प्रदान गरिनेछ । यस्तै प्रथम हुनेलाइ एलके सिरिजले १/१ वटा म्युजिक भिडिओ र गीत रेकर्ड गरिदिनेछ । प्रतियोगितामा दोश्रो र तेस्रो हुनेले क्रमशः २० हजार र १५ हजार नगद पुरस्कारको साथै भैरहवा संगीत गुरुकुलबाट एक बर्षको लागि पुर्ण छात्रवृत्ति प्रदान गर्नेछन । यसै गरि उत्कृष्ट ३ जनालाइ नै पाल्पामा रहेको अरुमा एडवेन्चर रिसोर्टमा जोडी सहित १ रातको बसाइ निशुल्क दिने प्रधानले बताए । भ्वाइस अफ भैरहवाको चौथो संस्करणमा रचना क्षेत्री, किशोर बिश्वकर्मा र दिपक विश्वकर्मा निर्णायकको भुमिकामा रहेका छन । कार्यक्रमको सन्चालन दुर्गा गुरुङ्गले गर्दै छिन ।


सिद्धार्थ उध्योग बाणिज्य संघद्वारा आयोजित महोत्सवमा भ्वाइस अफ भैरहवाको बिशेश महत्व रहेको छ । यस अघिका संस्करणका बिजेताहरु अहिले सङ्गीतमा स्थापित कलाकार भएका छन । महोत्सवमा मंगलबार स्थानिय कलाकारहरुको प्रस्तुती संगै लोक दोहरी कलाकारहरु दामोदर बस्याल विष्णु श्रीपालिको प्रस्तुती रहने प्रचार प्रसार समिती संयोजक कृष्ण प्रसाद घिमिरेले बताए । यसै गरि राष्ट्रिय कलाकार अमित बरालको पनि प्रस्तुति रहने घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्