लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शुद्धोधन १ मा विपत आउनुपूर्व तयारी सम्बन्धी अभिमुखिकरण

IMG

तिलोत्तमा, २६ मंसिर २०७९। विपत कुनै पुर्व सूचना दिएर आउदैन । अकस्मात आउने यस्तो खालको विपतबाट कसरी जोगिने, उद्धार कसरी गर्ने र क्षती न्यूनीकरण के र कसरी गर्ने लगायतका विषयमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का स्थानीयलाई तालिम प्रदान गरिएको छ ।दुई दिन सम्म चल्ने तालिमको सोमबार एक कार्यक्रमका विच शुभारम्भ गरिएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर १ को सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद नेपालको आयोजतामा ‘विपत आउनुपुर्व तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ गरिएको हो ।


कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका वडा नं १का अध्यक्ष उदयराज गडेरीयाले तालिममा सिकेका सिपलाई व्यवहारतहः लागू गरेमा यसले ठुलो प्रभाव पार्ने वताउनु भयो विपतको समयमा पुर्व जानकारी नभएको कारण मानिसले ज्यान गुमाउन बाध्य हुने भन्दै उनले यसको लागि सबै जना समयमा नै सचेत हुन आवश्यक रहेको बताए।तालिममा शशस्त्र प्रहरी निरिक्षक ईश्वर अधिकारी, शशस्त्र प्रहरी निरिक्षक कुल बहादुर खड्काले सहजीकरण गर्दै आगलागी, बाढि, डुवान, भुकम्प तथा अन्य दैविक प्रकोपको विषयमा कसरी बच्ने र अरुलाई बचाउने भन्ने विषयमा प्रकाश पारे।विपत वा दैविप्रकोपको समयमा आईपर्ने विभिन्न समस्याको समाधान, विपत जोखिम न्युनीकरण के कसरी गर्न सकिन्छ साथै गाउँ घरमा उपलब्ध स्रोत र साधानको उच्च प्रयोग गरी के कसरी क्षती न्युनीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक सहितको तालिम प्रदान समेत गरे ।


कार्यक्रममा बोल्दै वडा सचिव हिरालाल भुषालले विपतको समयमा समान्य खालको ज्ञान सिपले पनि मानिसको ज्यान जानबाट जोगीन सक्ने भन्दै यसमा सबैले ध्यान केन्द्रीत गर्न आवश्यक रहेको बताए । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य राम मिलन लोध, वडा सचिव हिरालाल भुषाल, वडा सदस्य महेन्द्र मल्लाह, कमला मुसहर, मुरलीधनर लोनिया, मनकुमारी थारु लगायतको सहभागीता रहेको थियो ।लुम्बिनी ग्रामिण विकास परिषद् नेपालका अध्यक्ष चन्द्रकान्त खनालले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दे जनताको नजिकको सरकारको रुपमा रहेका स्थानीय तहले विपत पूर्वतयारी योजना बनाएका जनतालाई सचेत बनाउनु राम्रो काम भएको बताए ।सबै वडामा यस्ता कार्यक्रमले जनतालाई सचेत गराउने भन्दै सबैमा कार्यक्रम संञ्चालन गर्नुपर्ने बताए। वडा नं १का ७० जना स्थानियहरु सहभागी अभिमुखीकरण दुई दिनचल्ने छ ।

कमेन्ट गर्नुहोस्