
तिलोत्तमा, २०७९ मङ्सिर २१ गते । गरिवि निवारणका लागी लघु उद्यम बिकाश कार्यक्रम आज बाट रुपन्देहीको तिलोत्तमा ११ कालीकास्थानमा सुरु भएको छ ।नेपाल सरकारको सहयोगमा तिलोत्तमा नगरपालीकाले यो कार्यक्रमको सुरुवात गरेको हो । यो कार्यक्रमले गरिव तथा बिपन्नहरुलाई सिप सीकाउदै आर्थिक आजनमा जोडने नगरपालीकाले बताएको छ ।सो कार्यक्रमका अवशरमा बोल्दै तिलोत्तमा नगरपालीका वडा न ११ का अध्यक्ष बिष्णु बरालले तालीम २ चरणमा सम्पन्न हुने बताउदै वडाको बिपन्न बस्तीमा यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
उहाले दैनिक काम गरेर आफ्नो परिवारको आर्थिक अबस्था उकास्न तालीमले सहयोग गर्ने बताउनु भयो ।तिलोत्तमा नगरपालीका कार्यपालीका सदस्य राधा शाहिले तालीम तालीमकालागी नभएर जिवन यापनका लिन सहभागीलाई आग्रह गर्नु भयो ।उहाले अहिले तालीम लिनेको सख्या बढी भएको तर तालीम पछीको उपलब्धी कम रहेको भन्दै यो तालीमले ब्यवमहारमा परिर्बतन ल्याउने दाबि गर्नु भयो ।
कार्यक्रममा तिलोत्तमा ११ का सदस्य लक्ष्मी गजमेर , सुनिल्का खवास , कालीका टोल बिकाश सस्थाका सचिव प्रकाश गौतमले बिपन्न तथा पछि पारीएको बस्तीमा तालीम सुरु गरिएको भन्दै केही गरेर नमुना बन्न आग्रह गर्नु भयो ।नगरपालीकाका तालीम सहजकर्ता तिला सुबेदीको स्वागत , शान्ता बिकले कायक्रमबारे प्रकाश पार्नु भएको कार्यक्रमको संन्चालन गीता शारु गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्